सुनकाे भाउ स्वाट्टै घट्याे
- गाउँ सहर संवाददाता
- ८ चैत आइतबार, २०८२ | ११:४३:०० मा प्रकाशित
काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ एक साताकै अवधिमा २७ हजार ४ सय रुपैयाँ घटेको छ ।
गत आइतबार प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
तेल महँगिदा विभिन्न मुलुकलाई खरिदका लागि आवश्यक अमेरिकी डलर पनि बढाउनुपर्ने बाध्यता छ, यसले डलरको मागसँगै मूल्य बढिरहेको छ । सुन बिक्रीबाट डलर जोहो बढेसँगै सुनको भाउमा उच्च गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अर्कोतर्फ अन्तर्राट्रिय बजारमा तेलको मूल्य आकासिएसँगै मूल्यवृद्धि बढ्न थालेको छ । यहीं कारण विश्वव्यापी रुपमै ब्याजदर बढाउन दवाव पुगिरहेको छ, जसले सुनचाँदीको मूल्यलाई दवाव दिइरहेको छ ।
आइतबार चाँदीको भाउ तोलामा ३५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ४ हजार ५४० रुपैयाँमा झरेको छ ।
एक सातामा चाँदीको भाउ प्रतितोला ७३० रुपैयाँ घटेको छ । गत आइतबार चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै गत माघ १५ गते हालसम्मकै उच्च मूल्य ७ हजार ५०५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस