शिक्षा

के एण्ड के कलेजद्वारा सरस्वती पूजाको अवसरमा उत्कृष्ट विद्यार्थी सम्मान

काठमाडाैं । श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको पावन अवसरमा काठमाडौंको नयाँबानेश्वरस्थित के एण्ड के कलेजले विशेष कार्यक्रम आयोजना गर्दै त्रिभुवन विश्वविद्यालयमा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ।

विद्यार्थी, शिक्षक, शिक्षाविद् तथा अभिभावकहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा कलेज परिसरमै सरस्वती पूजा गर्नुका साथै शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई औपचारिक रूपमा सम्मान गरिएको हो।

कलेजबाट बिए साइकोलोजी अध्ययन गरेर त्रिभुवन विश्वविद्यालयस्तरमै सर्वोत्कृष्ट नतिजा हासिल गर्ने छात्रा सुभाषी कार्कीलाई नगद रु. २५ हजार, ट्रफी र सम्मानपत्रसहित सम्मान गरिएको थियो। उनलाई शिक्षाविद् विमल खड्काले नगद पुरस्कार र ट्रफी प्रदान गरेका हुन्।

सुभाषी कार्कीले बिए साइकोलोजीमा ८४.३५ प्रतिशत अंक प्राप्त गर्दै विश्वविद्यालयस्तरमै उत्कृष्ट नतिजा हासिल गरेकी थिइन्। उनी महिलाहरूमध्ये सर्वप्रथम भएर त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा ‘ज्ञानप्रसाद पुरस्कार’ प्राप्त गर्ने छात्राका रूपमा समेत स्थापित भएकी छन्।

कार्यक्रममा कलेजका भाइस प्रिन्सिपल दीपक पाैडेलले के एण्ड के कलेजले प्लस टु तहदेखि स्नातक तथा स्नातकोत्तर तहसम्म गुणस्तरीय, व्यवस्थित र परिणाममुखी शिक्षण प्रणालीमार्फत निरन्तर उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको उल्लेख गरे ।

कलेजले हाल प्लस टु सहित बिबिए, बिबिएस, बिसिए, बिएसडब्लू, बिए–साइकोलोजी, बिए जेन्डर स्टडिज, एमबिएस, एमए–साइकोलोजी, एमए रूरल डेभलप्मेन्ट तथा एमए जेन्डर स्टडिज कार्यक्रम सञ्चालन गर्दै आएको छ।

दक्ष तथा अनुभवी शिक्षक समूह, विद्यार्थीमैत्री सिकाइ वातावरण र व्यवहारिक शिक्षण पद्धतिका कारण कलेज काठमाडौं उपत्यकाकै विश्वसनीय शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको भाइस प्रिन्सिपल पाैडेल भनाइ छ।

उनले के एण्ड के कलेज केवल पढाइको केन्द्र मात्र नभई प्रतिभा पहिचान, प्रोत्साहन र संस्कार निर्माण गर्ने शैक्षिक संस्थाका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सम्मान तथा प्रेरणामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

विभिन्न संकायका विद्यार्थीहरूकाे उपस्थिति रहेकाे समाराेहमा प्रशासन प्रमुख किरण भट्टराई साेसियल वर्कका शिक्षक सराेजविक्रम गिरि, साइकाेलाेजीका शिक्षिका अनुष्का श्रेष्ठ, प्रणवराज रेग्मीले विद्यार्थीहरूलाई अध्ययनका लागि थप हाैसला प्रदान गरेका थिए । 

गाउँ सहर संवाददाता

तपाईँको मत