अमेरिकासँग नेपालकाे लज्जास्पद हार
- गाउँ सहर संवाददाता
- ९ कार्तिक आइतबार, २०८२ | १८:२०:०० मा प्रकाशित
काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएई सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले लज्जास्पद हार बेहाेरेकाे छ । आजकाे खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ । अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर १ बलमा १५६ रनमा समेटियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । आसिफ शेख ३७, भीम सार्की २९, कप्तान रोहित पौडेल २,आरिफ शेख २०, गुल्सन झा ३, सोमपाल कामी ११, करण केसी २, सन्दीप लामिछाने र कुशल भुर्तेल ० रनमा आउट भए ।
बलिङमा अमेरिकाका हर्मित सिंहले सर्वाधिक ६ विकेट लिए । ८.१ ओभर बलिङ गरेका सिंहले २६ रन खर्चेर ६ विकेट लिए ।
त्यसअघि दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट मेदानमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको थियो । अमेरिकाका ओपनर स्मित पटेलले सर्वाधिक ७५ रनको योगदान दिए । मिलिन्द कुमारले अविजित ७० रन बनाए ।
बलिङमा नेपालका सन्दीप लामिछानेले २, सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
प्रतिकृया दिनुहोस