अर्थतन्त्र

सुनको मूल्यमा उच्च वृद्धि, ताेलाकाे साढे दुई लाखनजिक

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । मंगलबार (असोज २८) सुनको मूल्य तोलामा आठ हजार १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४८ हजार ५०० रुपैयाँ कायम छ । यो मूल्य हालसम्मकै उच्च हो । सोमबार (असोज २७) छापावाल सुन प्रतितोला दुई लाख ४० हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला तीन हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत