आरीघोप्टे वर्षाले बाढी, कटान र डुबानकाे कहर, देशका अधिकांश स्थानकाे जनजीवन प्रभावित
- गाउँ सहर संवाददाता
- १९ असोज आइतबार, २०८२ | ०६:४७:०० मा प्रकाशित
काठमाडौँ । निरन्तर वर्षाका कारण खोलाहरूमा पानीको बहाव बढ्दा देशका अधिकांश स्थानहरूमा कटान र डुबानको कहर बढेकाे छ ।
बाढी बढेपछि जोखिमयुक्त बस्तीका बासिन्दालाई विद्यालय तथा सामुदायिक संस्थाहरूमा स्थानान्तरण गरिएकाे छ । सतर्कताका लागि माइकिंग गरिएकाे छ ।
राजमार्ग तथा विमानस्थल बन्द छन् । क्षतिको विवरण आइसकेको छैन ।


जल तथा मौसम विभागले आगामी २४ घण्टाको पूर्वानुमान यस्तो गरेको छ:-
आज दिउँसो
दिउँसो : कोशी प्रदेश र मधेश प्रदेशका अधिकांश स्थाहरुमा पु्र्ण बदली रही बागमती प्रदेश, लु्म्विनी प्रदेशमा साधारणतया बदली र बाँकी भू-भागहरुमा आँशीक बदली रहेने छ । कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति
राति : कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका लगायत देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ ।
हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
प्रतिकृया दिनुहोस