कला
‘आजको देश’
- देबीप्रसाद थापा ‘मामा’
- १२ असोज आइतबार, २०८२ | ०७:५९:०० मा प्रकाशित

देशव्यापी एउटै माग थियो ।
निकै ठूलो संघर्षपछि लोकतन्त्र आयो ।
लोकतन्त्रले संविधान ल्यायो ।
संविधानले कुर्सी जन्मायो ।
कुर्सीले जनता फुटायो ।
फुटेका जनताले नेता चुने ।
मागेको लोकतन्त्र ! ल्याएको संविधान ! जन्माएका कुर्सी ! फुटेका जनता ! चुनेका नेता !
यही हो हाम्रो आजको देश ।
प्रतिकृया दिनुहोस