फोनिज बागमती प्रदेशकाे अध्यक्षमा पुन: श्रेष्ठ, महासचिवमा नापित
- गाउँ सहर संवाददाता
- २ चैत शनिबार, २०८१ | १७:३२:०० मा प्रकाशित

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अध्यक्षमा रामेछापका युवराज श्रेष्ठ दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् ।
शनिवार सम्पन्न फोनिजको तेस्रो प्रादेशिक महाधिवेशनले पुनः श्रेष्ठको नेतृत्वमा २२ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको हाे ।
त्यसैगरि, महाधिवेशनबाट उपाध्यक्षमा काभ्रेका दिलबहादुर लामा, महिला उपाध्यक्षमा काठमाडौँकी अनिता डङ्गोल, महासचिवमा काठमाडौँका राजु नापित, महिला सचिवमा मकवानपुरकी निशा गुरुङ, सचिव (संस्थागत) चितवनका हिरालाल गुरुङ र कोषाध्यक्षमा धादिङका शङ्कर श्रेष्ठ दोहोरिएका हुन् । श्रेष्ठको नेतृत्वमा बनेको टिममा अध्यक्ष र कोषाध्यक्ष दोहोरिँदा अन्य पदमा भने हेरफेर भएको छ ।
सदस्यमा बाबुकाजी श्रेष्ठ, उद्भव कुमार श्रेष्ठ, मानकाजी तामाङ, रत्नकाजी प्रजापति, रवि महर्जन,जर्नेल घले, तेज नाहिरिङ्ग राई, श्यामलाल लामा र विशाल राज राई निर्वाचित भएका छन् ।
त्यसैगरी सङ्घीय प्रतिनिधिमा सरस्वती श्रेष्ठ , राजेश रुम्बा लामा र श्याम राना मगर निर्वाचित भएका छन् भने लेखा समिति संयोजकमा अशोक सुजन श्रेष्ठ निर्वाचित भएका छन् ।निर्वाचित पदाधिकारीले (फोनिज) का अग्रज समेत रहेका अमरधोज लामाले ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम), प्रदेश सांसद आनन्द कुमार श्रेष्ठसहितको उपस्थितिमा पद तथा गोपनीयताको शपथ लिए ।
समितिको दुई वर्षे कार्यकाल हुने छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) बागमाती प्रदेशको तेस्रो प्रादेशिक महाधिवेशनबाट सर्वसम्मत निर्वाचित पदाधिकारीहरू
अध्यक्ष - युवराज श्रेष्ठ
उपाध्यक्ष - दिल बहादुर लामा
उपाध्यक्ष महिला) - अनिता डंगोल
महासचिव - राजु नापित
सचिव (संस्थागत) - हिरालाल गुरुङ्ग
कोषाध्यक्ष - शंकर श्रेष्ठ
लेखा समिति संयोजक - अशोक सुजन श्रेष्ठ
सदस्यहरु-
बाबुकाजी श्रेष्ठ
उद्भव कुमार श्रेष्ठ
मानकाजी तामाङ्ग
रत्नकाजी प्रजापती
रवि महर्जन
जर्नेल घले
तेज नाहिरिङ्ग राई
श्यामलाल लामा
विशाल राज राई
लेखा समिति सदस्य
निर बहादुर तामाङ्ग
अनुशासन समिति सदस्य
प्रदिप कुमार श्रेष्ठ
संघीय प्रतिनिधि
सरस्वती श्रेष्ठ
राजेश रुम्बा लामा
श्याम राना मगर

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस