गाउँ सहर

रविकाे मुद्दामा बिहीबार थुनछेक बहस हुने, कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो

बुटवल । रुपन्देही  जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा राख्न नपर्ने आदेश दिएको छ । बुधवार अदालतले जिल्ला  प्रहरी कार्यालय  रुपन्देहीमा राख्न नपर्ने आदेश दिएको हो । 

न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लिइएको बयान साँझ  सकिएपछि भोली थुनछेक बहस हुने भएको छ । आदेशमा लामिछानेलाई भोलि बिहान  १०  बजे उपस्थित हुने  गरी कानुन व्यवसायी र परिवारको जिम्मा लगाइको  जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार  यज्ञमुर्ति  ज्ञवालीले बताए ।  

भोली सुरुमा सरकारी वकिलको तर्फबाट बहस हुनेछ भने त्यसपछि लामिछानेको पक्षका कानुन व्यवसायीहरूले बहस  गर्नेछन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा  रविसहित २२ जनाविरुद्ध मुद्दा  परेको थियो । 

गाउँ सहर संवाददाता

तपाईँको मत