समाजवादी मोर्चाले काठमाडौँमा माघ १६ गते कार्यक्रम गर्ने
- गाउँ सहर संवाददाता
- २ माघ बुधबार, २०८१ | १७:००:०० मा प्रकाशित
काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए ।
त्यस्तै, बैठकले समाजवादी मोर्चाको गति सुस्त भएको समीक्षा गरेको उनले बताए । आगामी दिनमा मोर्चालाई सक्रिय बनाउने निर्णय गरेको छ । त्यस्तै, मोर्चाको आठौँ बैठकले आगामी कार्यक्रम बनाउने जिम्मा सचिवालयका नेतालाई दिएको थियो ।
आज (बुधबार)को बैठकमा विषय समेत समेटेर माघ १२ सम्ममा सचिवालयका नेताहरूले प्रतिवेदन शीर्ष नेतालाई बुझाउने निर्णय भएको प्रकाण्डले बताए । समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी (महिन्द्रराय यादव समूह) छन् ।
मोर्चा गठन हुँदा जनता समावादी पार्टी पनि थियो । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री भएका बेला जसपा विभाजन भएको थियो । त्यसयता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मोर्चामा छैनन् । उनलाई क्रियाशील बनाउने पक्षमा नेताहरू छन् । उपेन्द्रले बैठकमा सहभागी नहुने जवाफ दिएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य वृद्धि
- धराैटीवापत रवि लामिछाने बुझाए प्रभु बैंकको बैंक ग्यारेन्टी
- थाँती राखेकाे भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिले गरे जारी
- काठमाडौं अदालतद्वारा ६० लाख धरौटी माग भएबमाेजिम बुझाएर रिहा हुँदै रवि लामिछाने
- आज ५ अर्ब ८२ करोड रकम बराबरकाे शेयर काराेबार
- रबिलाई आज पनि अदालत उपस्थित गराइँदै, थुनछेक बहसपछि आदेश आउने सम्भावना
- माैसम : तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन प्रभावित
- रामेछापकाे हिमाल छेउका लाहाछेवारका विद्यार्थीलाई 'डे बोर्डस' कार्यक्रम
- बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत
- आज जैविक विविधता दिवस मनाइँदै
प्रतिकृया दिनुहोस