बजेट अर्धवार्षिक समीक्षाः आम्दानी ३९ र खर्च ३५ प्रतिशत
- गाउँ सहर संवाददाता
- १ माघ मंगलबार, २०८१ | १९:४१:०० मा प्रकाशित
काठमाडाैं । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च निकै कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुस मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ३९ प्रतिशत आम्दानी र ३५ प्रतिशत खर्च गरेको छ।
सरकारले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो। पुस मसान्तसम्ममा ६ खर्ब ६७ अर्ब ६० करोड १९ लाख रुपैयाँ बराबर खर्च भएको छ। यो अवधिको खर्च वार्षिक लक्ष्यको ३५ दशमलव ८९ प्रतिशत हो।
चालुगत शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याइएकोमा हालसम्म ३९ दशमलव ६३ प्रतिशत अर्थात् ४ खर्ब ५२ अर्ब रुपैयाँ खर्च भएको छ।
पूँजीगत शीर्षकको खर्च झनै कमजोर छ। यो शीर्षकमा ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ वार्षिक बजेट विनियोजन भएकोमा पुस मसान्तसम्ममा १६ दशमलव १६ प्रतिशत अर्थात् ५६ अर्ब ९३ करोड ५० लाख रुपैयाँ बराबर मात्र खर्च भएको छ।
वित्तीय व्यवस्था शीर्षकको हालसम्मको खर्च ४३ दशमलव दुई प्रतिशत छ। यो शीर्षकमा ३ खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बराबर बजेट विनियोजन भएकोमा हालसम्म १ खर्ब ५८ अर्ब ६६ करोड ३९ लाख रुपैयाँ बराबर खर्च भएको छ।
सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। गत पुस मसान्तसम्ममा ५ खर्ब ७४ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ राजस्व उठेको छ। यो वार्षिक लक्ष्यको ३९ दशमलव ०६ प्रतिशत हो। कर राजश्वतर्फ ३८ दशमलव ११ प्रतिशत अर्थात् ४ खर्ब ८९ अर्ब ३९ करोड ९२ लाख रुपैयाँ र गैरकर राजस्वतर्फ ५१ दशमलव ९७ प्रतिशत अर्थात् ७० अर्ब २० करोड ८२ लाख रुपैयाँ संकलन भएको छ।
सरकारले चालु आर्थिक वर्षका लागि ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदान सहायता लिने लक्ष्य लिएकामा हालसम्म ७ अर्ब ३७ करोड ६ लाख रुपैयाँ बराबर वैदेशिक सहायता प्राप्त भएको छ।रासस
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- माैसम : तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन प्रभावित
- रामेछापकाे हिमाल छेउका लाहाछेवारका विद्यार्थीलाई 'डे बोर्डस' कार्यक्रम
- आज जैविक विविधता दिवस मनाइँदै
- मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठन
- एसईई २०८१ को परीक्षा तालिका सार्वजनिक, चैत ७ गतेदेखि शुरू
- फास्ट फुड एशोसियशनको अध्यक्षमा होमबहादुर र महासचिवमा श्रेष्ठ निर्वाचित
- आज माघी पर्व, थारु समुदायले विशेष रुपमा मनाउँदै
- नागरिक लगानी कोषको ३० औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांस पारित
- विपद्बाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न १ खर्ब १ अर्ब १२ कराेड लाग्ने
- बाढी पहिरोबाट सवा एक लाख भौतिक संरचना सखाप, सबैभन्दा बढी निजी आवासमा क्षति
प्रतिकृया दिनुहोस