गाउँ सहर

काठमाडौं अदालतद्वारा ६० लाख धरौटी माग भएबमाेजिम बुझाएर रिहा हुँदै रवि लामिछाने

काठमाडाैं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा पनि धरौटी बुझाएर रिहा हुँदै छन्। 

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले ६० लाख रुपैयाँ धरौटी माग गरेका छन्। लगत्तै रवि लामिछानेका साथै रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र उनकी श्रीमती निकिता पौडेल धरौटीको प्रक्रिया अघि बढाउँदै छन्।  

अदालतभित्र धरौटीको प्रक्रिया चलिरहँदा रविका समर्थकहरू बाहिर बाक्लो संख्यामा उपस्थित छन्। सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाकर्मीको बाक्लो तैनाथी छ।

यसअघि पोखराको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख धरौटी मागेको थियो। गत बिहीबार उनी उक्त रकम तत्कालै बुझाएर रिहा भएका थिए। 

गाउँ सहर संवाददाता

तपाईँको मत