वातावरण
माैसम : तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन प्रभावित
- गाउँ सहर संवाददाता
- २ माघ बुधबार, २०८१ | ०६:२६:०० मा प्रकाशित

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही क्षेत्रमा हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।
विभागले सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा वर्षा हुने सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्नसक्ने विभागको भनाइ छ ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सुनकाे भाउ अहिलेसम्मकै महँगाे
- तराईमा आज एकआपसमा रङ खेली आपसी सद्भाव साटेर होली मनाइँदै
- पहाड र हिमालमा मनाइयो होली पर्व
- त्रिचन्द्र बहुमुखी क्याम्पस स्ववियु चुनावमा नौ जनाबीच सभापतिमा प्रतिस्पर्धा हुने
- आज फागु पूर्णिमा, हर्षोल्लासका साथ होली मनाइँदै, खेल्दा यी सावधानी अपनाऔं
- ग्लोबल आइएमई बैंकबाट वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुट
- क्यानको सेन्ट्रल कन्ट्र्याक्टमा महिला-पुरूष खेलाडी, को कुन ग्रेडमा परे ?
- बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन भई सञ्चालन हुन यस्ताे आयाे सूचना
- लगातार घटेको नेप्से बुधबार दोहोरो अंकले बढ्याे
- मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग गठन गर्ने सरकारकाे निर्णय
प्रतिकृया दिनुहोस