वातावरण
कस्तो छ आज दिनभरिको मौसम
- गाउँ सहर संवाददाता
- २५ पौष बिहीबार, २०८१ | ०७:१०:०० मा प्रकाशित
काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।
बिहीबार दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशको हिमाली भेगमा बदलीको सम्भावना छ। त्यहाँ हिमपातको पनि सम्भावना छ। बाँकी स्थानमा मौसम सफा रहने प्रक्षेपण गरिएको छ।
बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु÷कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा क्षणिक÷आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुराेध गरेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- माैसम : तीन प्रदेशमा हिमपातको सम्भावना
- विदेशबाट ‘आइएमई पे’मा रकम प्राप्त गर्दा पाँच रुपैयाँसम्म बोनस
- रविकाे मुद्दामा बिहीबार थुनछेक बहस हुने, कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो
- रूपेन्देहीमा रवि लामिछानेको थुनछेक बहस सुरू
- एक ताेला सुन किन्न १ लाख ६० हजार हाल्नुपर्ने
- महिला यु–१९ ट्वान्टी–२० विश्वकपमा नेपालले आज अष्ट्रेलियासँग खेल्दै
- निर्वाचन आयोगमा दर्ता भयाे राजेन्द्र महतो नेतृत्वकाे पार्टी, चुनाव चिह्न ग्यास सिलिण्डर
- पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण सुरु, कोशी प्रदेशको पर्यटनमा कोशेढुङ्गा
- सेयर बजारमा सामान्य अंकले बढ्याे, घट्यो कारोबार
- राष्ट्रपतिद्वारा माघ १८ गते संसद्को हिउँदे अधिवेशन आह्वान
प्रतिकृया दिनुहोस