साताको अन्तिम कारोबारकाे दिन नेप्से घट्यो पनि कारोबार बढ्यो
- गाउँ सहर संवाददाता
- २५ पौष बिहीबार, २०८१ | १६:२७:०० मा प्रकाशित
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ विन्दुमा अडिएको छ। नेप्से घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। बुधबार ६ अर्ब ४० करोडको सेयर कारोबार भएको थियो।
यसदिन ३०८ स्क्रिप्सको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता सेयर ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार ५८१ रुपैयाँमा खरिदबिक्री भए।
दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बराही हाइड्रोपावर र हिमालयन पावरको सेयर १० प्रतिशतले बढेको हो। रिभर फल्सको सेयर ८.१९ प्रतिशतले बढ्दा न्यादी हाइड्रोपावरको ७.६४ बढ्यो।
आज सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.२३ प्रतिशतले घटयो। कारोबार रकमका आधारमा सुपर मादी हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
सिनर्जी पावर डेभलपमेन्टको २८ करोडको सेयर कारोबार हुँदा सिन्धु विकास बैंकको २५ करोड, हिमालयन पावरको १९ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ५५ स्टक्सको मूल्य बढ्दा १८० वटाको घट्यो। ७ स्टक्सको मूल्य भने स्थिर रह्यो। होटल्स एण्ड टुरिजम समूहबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
प्रतिकृया दिनुहोस