गाउँ सहर
तिब्बतमा भूकम्पपछि ६ सय ४६ पराकम्पन, जमिन १.६ मिटर तल भासियो
- गाउँ सहर संवाददाता
- २४ पौष बुधबार, २०८१ | १९:२०:०० मा प्रकाशित

दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको डिंग्री काउन्टीमा मङ्गलबार बिहान आएको ७ रेक्टर स्केलको भूकम्पपछि बुधबार दिउँसोसम्म कुल ६४६ पराकम्पनहरू गएकाे क्षेत्रीय सरकारले जनाएको छ ।
क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका प्रमुख होङ लीका अनुसार सबैभन्दा ठूलो पराकम्पनको रेक्टर स्केल ४.४ थियो र यो केन्द्रविन्दुबाट करिब १८ किलोमिटर टाढा थियो ।
भूकम्पमा १२६ जनाको मृत्यु भएको छ र अन्य १८८ जना घाइते भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा दूरसञ्चार, सडक र बिजुली सेवा पुनःस्थापना गरिएको छ ।
भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमामा अवस्थित सगरमाथाबाट झन्डै ९० किलोमिटर टाढा छ । एउटा फल्ट लाइनमा पर्ने उक्त क्षेत्रमा भूकम्पीय गतिविधि भइरहन्छ । एजेन्सीकाे सहयाेगमा

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस