एनपीएलकाे पहिलाे खेलमा जनकपुरको विजयी सुरुवात
- गाउँ सहर संवाददाता
- १५ मङ्सिर शनिबार, २०८१ | १५:३३:०० मा प्रकाशित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले विजयी सुरुआत गरेको छ ।
कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै सुखद् सुरुआत गरेको हो ।
विराटनगरले दिएको १ सय २८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेकाे हाे । जनकपुका लागि लाहिरु मिलन्थाले सर्वाधिक ७५ रन बनाए । उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरेका थिए ।
तेस्रो विकेटका लागि हर्ष ठाकरसँग मिलेर १ सय १६ रनको नट आउट साझेदारी गरे । ठाकरले ३३ बलमा २ चौकाको सहयोगमा २९ रन बनाए । त्यसअघि जनकपुरले पहिलो ओभरमा नै ओपनर आसिफ शेखलाई पहिलो विकेट रुपमा गुमाएकोमा अर्का ओपनर तथा कप्तान अनिल शाहलाई दोस्रो ओभरमा गुमायो । दोस्रो ओभरको अन्तिम बलमा अनिल ४ बलमा ५ जोड्दै प्रतिस जिशीको बलमा बोल्ड आउट भएका थिए ।
पहिलो ओभरको चौथो बलमा अर्का ओपनर आसिफ ३ बलमा रनको खाता नै नखोलि आउट भएका थिए् । आसिफलाई विराटनगरका क्रिस सोलले पहिलो ओभरको चौथो बलमा बोल्ड आउट गराएका हुन् ।
विराटनगरका लागि क्रिस सोल र प्रतिस जिशीले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित १९ ओभरमा १ सय २७ रनमा समेटिएको थियो ।
विराटनगरका ओपनर गप्टिलले एनपिएलको इतिहासमा नै पहिलो अर्धशतक ३६ बलमा पूरा गरेका थिए । गप्टिलले ४३ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाएका थिए । गप्टिल जनकपुरका अन्तर्राष्ट्रिय खेलाडी हर्ष ठाकरको बलमा अनिल शाहबाट समातिए ।
अकिब इल्यासले १८ बलमा १५ रन जोडे । एक समय ७६ मा २ विकेट गुमाएर बलियो स्थितीमा रहेको विराटनगरले रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो । विराटनगरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जनकपुरका लागि ललितनारायण राजवंशीले एनपिएलको आफ्नो पहिलो बलमा सहित ३ विकेट लिए । किशोर महतो र हर्ष ठाकरले समान २ विकेट लिए । बेन माइक र मोहम्मद मोहसिनले समान १ विकेट लिए ।
लिगमा आइतवार कुनै खेल हुनेछैन । उप निर्वाचनका कारण आइतवार हुनै खेल नहुने हो । सोमवारबाट भने लिगमा २ खेल हुनेछन् । सोमवारको पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस