रुकुम पश्चिमकोमा बस दुर्घटना, ९ जना घाइते
- गाउँ सहर संवाददाता
- १ मङ्सिर शनिबार, २०८१ | १६:००:०० मा प्रकाशित
काठमाडाैं । काठमाडौंबाट रुकुम पश्चिमको राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।
प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस आज भेरी करिडोरअन्तर्गत रिठा नजिकै दुर्घटना हुँदा धादिङ खाग्री गाउँपालिका–१ का ३१ वर्षीय चालक खड्कबहादुर तामाङ, सोही गाउँपालिका–६ का २८ वर्षीय भीमबहादुर भुलन, रुकुम पश्चिमको आठबिसकोट–९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखा भिमेश्वर नगरपालिका–७ का २६ वर्षीय प्रकाश मगराठी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी, प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए।
अन्य घाइतेमा आठबिसकोट–११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका–८ का ४५ वर्षिया भीमकुमारी चँदारा, उहाँको १० वर्षीय छोरा मानबहादुर चँदारा, मोरङ खेरुवा नगरपालिका–५ का २८ वर्षीय आकाश काफ्ने र जाजरकोट नलगाड–१२ की २५ वर्षिया किसङकुमारी विक रहेका छन्।
घाइते सबै अहिले नगर अस्पताल राडीमा उपचार भइरहको प्रहरी निरीक्षक पाठकले जानकारी दिए।
बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आईतबारकाे माैसम : एक-दुई स्थानमा हल्का वर्षा
- महालेखा भन्छ- पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै पूँजीगत खर्च
- सबैभन्दा धेरै कर तिर्ने कम्पनी नेपाल टेलिकम, व्यक्ति राजबहादुर, बैंकतर्फ नबिल
- आज यी भू-भागमा मौसम मुख्यतया सफा
- अध्यक्ष डा. राउतले भने- दलहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्छ
- एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने
- यस्ताे देखियाे टेलिकमकाे पछिल्लाे तीन महिनाकाे आर्थिक अवस्था
- साताकाे अन्तिम दिन शेयर बजार उकालाे
- पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने फैसला
- नेपाल लाइफले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमायाे
प्रतिकृया दिनुहोस