अर्थतन्त्र

महालेखा भन्छ- पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै पूँजीगत खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो चौमासिकमा विकास खर्च न्यून देखिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । उसका अनुसार कार्तिक मसान्तसम्ममा पूँजीगत खर्च करिब १० प्रतिशत मात्र छ ।

चालु आवका लागि सरकारले कुल रू १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएपनि कार्तिक मसान्तसम्ममा २२ दशमलव ३१ प्रतिशत अर्थात रू चार अर्ब दुई करोड खर्च भएको छ ।

सो अवधिमा चालुतर्फ रू दुई खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख बराबर खर्च भएको थियो जसमा कुल रू ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख छुट्याइएको छ ।

पूँजीगत शीर्षकमा रू तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बराबर बिनियोजन भएकोमा पहिलो चौमासिकमा रू ८९ अर्ब ९६ करोड २४ लाखमात्रै खर्च भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत