खेल
एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने
- गाउँ सहर संवाददाता
- ३० कार्तिक शुक्रबार, २०८१ | १८:२८:०० मा प्रकाशित
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय टेलिभिजन स्टार स्पोर्ट्ससँग प्रत्यक्ष प्रसारणका लागि सम्झौता गरेको हो।
क्यानका सचिव पारस खड्का सिद्धार्थ बैंकसँग ५ वर्षको लागि टाइटल स्पोन्सरको सम्झौता भएको बताए। यद्यपि रकमबारे उनी खुलाउन चाहेनन्। 'टाइटल स्पोन्सरका लागि रेकर्ड ब्रेक लगानी भएको छ। ५ वर्षको लगानी हुनु भनेकै हाम्रो लागि ठूलो हो,' आयोजित पत्रकार सम्मेलनमा उनले भने।
स्टार स्पोर्ट्समा प्रसारण नगरेसम्म विश्वका ठूल्ठूला क्रिकेटरलाई नेपालमा ल्याएर खेलाउन सम्भव नरहेको उनको भनाइ छ।
क्यानको आयोजना र ८ टोलीको सहभागितामा मंसिर १५ गते पुस ६ गतेसम्म टियु क्रिकेट मैदानमा एनपिएल हुनेछ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आईतबारकाे माैसम : एक-दुई स्थानमा हल्का वर्षा
- महालेखा भन्छ- पहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै पूँजीगत खर्च
- रुकुम पश्चिमकोमा बस दुर्घटना, ९ जना घाइते
- सबैभन्दा धेरै कर तिर्ने कम्पनी नेपाल टेलिकम, व्यक्ति राजबहादुर, बैंकतर्फ नबिल
- आज यी भू-भागमा मौसम मुख्यतया सफा
- अध्यक्ष डा. राउतले भने- दलहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्छ
- यस्ताे देखियाे टेलिकमकाे पछिल्लाे तीन महिनाकाे आर्थिक अवस्था
- साताकाे अन्तिम दिन शेयर बजार उकालाे
- पशुपति गौशाला धर्मशालाको जग्गाजमिनमा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने फैसला
- नेपाल लाइफले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा कमायाे
प्रतिकृया दिनुहोस