नेविसंघद्वारा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनावी घोषणापत्र सार्वजनिक
- गाउँ सहर संवाददाता
- १ चैत शुक्रबार, २०८१ | २०:०६:०० मा प्रकाशित

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेविसंघले घोषणापत्र सार्वजनिक गरेको हो ।
जारी घोषणापत्रअनुसार नेविसंघले स्मार्ट शिक्षाको नीति लिएको छ । हरेक विश्वविद्यालय तथा क्याम्पसमा डिजिटल लाइब्रेरी र निःशुल्क वाइफाइ व्यवस्थापन गरिने, विद्यार्थी स्वयंको सक्रिय सहभागिता र नेतृत्वमा डिजिटल माध्यममार्फत् ज्ञान सिर्जना, संग्रह, र प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गरिने र अनुसन्धान, रचनात्मक लेखन, शैक्षिक सामग्री निर्माण, तथा डिजिटल पुस्तकालय विस्तारलाई प्रोत्साहन गरिने नेविसंघले घोषणा पत्रमा उल्लेख गरेको छ ।
त्यस्तै घोषणा पत्रमा त्रिभुवन विश्वविद्यालयका हालसम्मका सम्पूर्ण शोधपत्र संग्रह गरी अभिलेख निर्माण गरिने, क्याम्पस परिसरमा सस्तो तथा निःशुल्क छात्रवासको व्यवस्था गर्न पहल गर्ने, व्यवहारिक शिक्षा सुधार तथा ‘पेड इन्टर्नसिप’ कार्यक्रमको समेत अगाडि सार्ने नेविसंघको उल्लेख छ।
नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघले विगतमा आफूहरुले गरेको वाचा सबै पूरा गरेको बताए । नेविसंघ विद्यार्थीको हक, हित र मुद्दामा इमानदार भएको उनको भनाइ छ । विद्यार्थी आन्दोलनलाई रिब्राण्डिङ गर्न आफूहरुले स्पार्क मुभमेन्टलाई अगाडि बढाएको उनले बताए ।
जारी घोषणपत्र उसले चार भागमा विभाजन गरेको छ । ‘नयाँ युगको सुरुवातको लागि स्पार्क आन्दोलनको मुख्य उद्धेश्य’ भन्ने नारा सहित घोषणपत्र जारी गरेको स्ववियु निर्वाचन २०८१ घोषणपत्र तयारी समितिका संयोजक विकल राईले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस