११ अर्ब ८ करोडको शेयर काराेबार हुँदा नेप्से सामान्य अंकले बढ्याे
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण सोमबार, २०८१ | १७:४९:०० मा प्रकाशित

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७५८ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३.३५ अंक बढेको हो ।
सेयर बजार बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ११ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ११ अर्ब ८ करोडको भयो ।
९० कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने ९ को स्थिर रह्यो । अन्य समूह सबैभन्दा धेरै २.५ प्रतिशत बढ्यो । लगानी ०.९८, उत्पादन ०.९७ र बैंकिङ ०.०९ प्रतिशत बढे ।
फाइनान्स समूह सबैभन्दा धेरै १.२१ प्रतिशत घट्यो । विकास बैंक ०.०९, होटल तथा पर्यटन ०.८७, हाइड्रोपावर ०.१५, जीवन बीमा ०.९२, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.७४ र व्यापार ०.२६ प्रतिशत घटे ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । राप्ती हाइड्रोको ९.४, बोटलर्स नेपाल बालाजुको ८, नेपाल हाइड्रो डेभलपर्सको ७.१ तथा नेपाल पुनर्बीमा कम्पनीको मूल्य ६.४ प्रतिशत बढ्यो ।
विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ५.४२, लक्ष्मी लघुवित्तको ५.३८, रिलायन्स फाइनान्सको ४.६८ तथा एनएलजी इन्स्योरेन्सको ४.४८ प्रतिशत घट्यो ।
हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ८९ करोड ३५ लाखको कारोबार भयो । त्यस्तै नेपाल पुनर्बीमाको ८० करोड ६७ लाखको कारोबार भयो । त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाइड्रोपावर तथा सीईडीबी होल्डिङस् क्रमशः कारोबार रकमका आधारमा अगाडि रहे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेविसंघद्वारा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनावी घोषणापत्र सार्वजनिक
- अरुका लागि मिसन ८४ होला तर काङ्ग्रेसका लागि मिसन नेपाल हो – सरस्वती गुरुङ
- सुनकाे भाउ अहिलेसम्मकै महँगाे
- तराईमा आज एकआपसमा रङ खेली आपसी सद्भाव साटेर होली मनाइँदै
- पहाड र हिमालमा मनाइयो होली पर्व
- त्रिचन्द्र बहुमुखी क्याम्पस स्ववियु चुनावमा नौ जनाबीच सभापतिमा प्रतिस्पर्धा हुने
- आज फागु पूर्णिमा, हर्षोल्लासका साथ होली मनाइँदै, खेल्दा यी सावधानी अपनाऔं
- ग्लोबल आइएमई बैंकबाट वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुट
- क्यानको सेन्ट्रल कन्ट्र्याक्टमा महिला-पुरूष खेलाडी, को कुन ग्रेडमा परे ?
- बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन भई सञ्चालन हुन यस्ताे आयाे सूचना
प्रतिकृया दिनुहोस