क्यानको सेन्ट्रल कन्ट्र्याक्टमा महिला-पुरूष खेलाडी, को कुन ग्रेडमा परे ?
- गाउँ सहर संवाददाता
- २८ फाल्गुण बुधबार, २०८१ | १८:५८:०० मा प्रकाशित
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला र पुरूष खेलाडीहरूको वर्गीकरण गरेको छ। क्यानले पुरूषकाे पाँच श्रेणी र महिलाकाे विभिन्न चार श्रेणीमा खेलाडीहरूको वर्गीकरण गरेको हो ।
क्यानले पुरूषकाे ग्रेड एमा पाँच खेलाडीलाई राखेको छ। जसमा रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, सोमापाल कामाी र आसिफ शेख रहेका छन्।
त्यस्तै ग्रेड बीमा करण केसी, कुशल भुर्तेल, गुल्शन झा, ललित राजबंशी र अनिल साह र ग्रेड सीमा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल रहेका छन्।
त्यस्तै ग्रेड डीमा सागर ढकाल, लोकेश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहोरा र मयन यादव रहेका छन्। त्यस्तै इमर्जिङमा अर्जुन घर्ती, हेमन्त धामी, दीपेश कँडेल, रुपेश सिंह, अर्जुन कुमाल, सुभ कंशकार र सन्तोष यादव रहेका छन्।
क्यानले ग्रेड एका लागि एक लाख, बीका लागि ७० हजार, सीका लागि ५५ हजार, डोमेस्टिकका लागि ३५ हजार र इमर्जिङका लागि २५ हजार रुपैयाँ तलब तोकेको छ।

क्यानको सेन्ट्रल कन्ट्र्याक्टमा १९ जना महिला खेलाडी, को कुन ग्रेडमा परे?
क्यानले महिलातर्फ ग्रेड एमा चार खेलाडीलाई राखेको छ। जसमा इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता राना मगर रहेका छन्।
त्यस्तै ग्रेड बीमा कविता जोशी, ग्रेड सीमा कविता कुँवर र सम्झाना खड्का रहेका छन्। त्यस्तै ग्रेड डीमा बिन्दु रावल, अलिशा यादव, साना प्रविन, रिया शर्मा, सीमा केसी, साबित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, कृष्मा गुरुङ, जोत्सनिका मारासिनी, रचना चौधरी र मनिषा उपाध्याय रहेका छन्।
क्यानले ग्रेडमा परेका महिला खेलाडीलाई ५० हजार, ग्रेड बीका लागि ३५ हजार, सीका लागि २५ हजार र डीका लागि २० हजार रुपैयाँ तलबको व्यवस्था गरेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
- कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
प्रतिकृया दिनुहोस