स्पेन बाढी पहिरो अपडेट: ज्यान गुमाउनेको सख्या १ सय ५८ पुग्यो
- एजेन्सी
- १६ कार्तिक शुक्रबार, २०८१ | ०८:११:०० मा प्रकाशित
स्पेन। स्पेनमा आएको बाढीका कारण मृत्यु हुनेको सख्या एक सय ५८ पुगेको छ। बाढीमा अझै सयौं मानिस बेपत्ता भएको आशंका गरिएको छ। स्पेनमा लामोसमय यता यस्तो बाढी आएको थिएन। ५० वर्षपछि स्पेनमा यति ठूलो बाढी आएको बताइएको छ।
पूर्वी प्रान्त भ्यालेन्सिया आसपासमा अविरल वर्षा भएपछि उर्लिएको बाढीले सयौं संरचना र घर ध्वस्त बनाएको छ। बाढीले पुल र सडक बगाउदा अवागमन अवरुद्ध भएको एजेन्सीले जनाएको छ। बाढी बढेपछि केही मानिस घरको छत र ठूला रुखमा चढेर बाच्न सफल भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
अहिले उद्दारको प्रयास भइरहेको छ। ड्रोनको प्रयोगगरी उद्धार अभियान जारी छ।
स्पेनमा सन् १९७३ मा यस्तै बाढी आएको थियो। त्यतिबेला दक्षिण–पूर्वमा आएको बाढीमा कम्तीमा एक सय ५० जनाको मृत्यु भएको थियो। जलवायु परिवर्तनका कारण यति ठूलो वर्षा भएको त्यहाको मौसम विभागले जनाएको छ।
एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- इलन मस्कको सम्पत्ति ४ सय अर्ब डलर नाघ्यो
- विश्वव्यापी रूपमा ब्लुस्काई प्रयाेगकर्ता किन ह्वात्तै बढे ? यस्ताे छ कारण
- २०२४ हालसम्मकै सर्वाधिक गर्मी वर्ष
- जापानमा शिगेरु इसिबा पुनः प्रधानमन्त्री
- ट्रम्पलाई स्वागत गर्दै बाइडेन
- भारतको उत्तरी राज्य उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाभन्दा बढीको मृत्यु
- नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा पूर्व विजेता इङ्ग्ल्याण्डलाई पराजित गर्याे
- स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
- चक्रवात दानाः भारतको १६ जिल्लामा बाढीको खतरा, पश्चिम बङ्गालपनि हाई अलर्टमा
- उत्तर कोरियाले तीन हजार सेना रुस पठाएको अमेरिकाको दाबी
प्रतिकृया दिनुहोस