ह्वाइट हाउस र बेलायती प्रधानमन्त्री निवासमा दीपावली
- गाउँ सहर संवाददाता
- १६ कार्तिक शुक्रबार, २०८१ | ११:४९:०० मा प्रकाशित

काठमाडौं । विश्व महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकामा राष्ट्रपति निर्वाचनको अन्तिम दौड चलिरहेको बेला ह्वाइट हाउसमा हिन्दू धर्मावलम्बीहरुको महान पर्व दिपावलीको अवसरमा दीप प्रज्वलन तथा लक्ष्मी पूजा आयोजना भएको छ ।
राष्ट्रपति भवनमा आयोजित दिपावलीमा उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस पनि सहभागी थिइन् । ह्यारिस हिन्दू धार्मिक परिवारकी हुन् । राष्ट्रपति बाइडेनले पानसमा बत्ती बालेर दीपावलीको उत्सव आरम्भ गरेका थिए ।
दीपावलीमा करिव ६ सय जना दक्षिण एसियाली हिन्दू धर्मावलम्वी पाहुनाहरू सहभागी रहेको एजेन्सीहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति चुनावमा हिन्दु मतदाताको पनि ठूलो जनसंख्या रहेकाले ह्वाइट हाउसमा यसपटक हिन्दूको मन जित्न दिपावलीको विशेष कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
दीपावलीको अवसरमा राष्ट्रपति जो बाइडेन, राष्ट्रपतिका दुबै उम्मेदवार कमला ह्यारिस र डोनल्ड ट्रम्पले पनि अमेरिकामा रहेका सबै हिन्दू धर्मवालम्वीहरूलाई शुभकामना दिएका छन् । दीपावली अमेरिकामा कुनै धर्म भन्दा पनि दक्षिण एसियाली चाडका रूपमा मान्यता दिन थालिएको छ ।
बेलायती प्रधानमन्त्री निवासमा दीपावली
त्यसैगरि बेलायतको सत्ताधारी र प्रतिपक्षी दुवै कित्तामा दीपावली लागेको छ । प्रधानमन्त्री केइर स्टार्मरले दीपावली प्रधानमन्त्री कार्यालयमै मनाएका छन् ।
प्रतिपक्षी नेता तथा बेलायतका प्रथम हिन्दू प्रधानमन्त्री ऋषि सुनकले टोरिज दलको नेताबाट राजीनामा दिएका छन् । दीपावलीकै दिन नेता भएर सोहि दिन राजीनामा दिएको उनले बताएका छन् ।
दीपावली सन्देशमा बेलायती प्रधानमन्त्री केइर स्टार्मरले भनेका छन, ‘ शुभ दिवाली ।’
प्रधानमन्त्रीको निजी तथा कार्यालय दुवैको सामाजिक सन्जालबाट दीपावलीको शुभकामना सार्वजनिक भएको छ । अन्धकारलाई उज्यालोले जित्ने, सबै भेला हुने र प्रकाशको पर्व भन्दै प्रधानमन्त्री स्टार्मरले शुभकामना दिएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
प्रतिकृया दिनुहोस