गाउँ सहर
दशैँ टीकाकाे उत्तम साइत ११ बजेर ३६ मिनेटमा, टीका लगाई माग्ने व्यक्ति पूर्व फर्किएर बस्नुपर्ने
- गाउँ सहर संवाददाता
- २५ असोज शुक्रबार, २०८१ | १४:४३:०० मा प्रकाशित

काठमाडौँ । नवरात्रको अन्तिम दिन आज महाअष्टमी र महानवमी मनाइँदै छ । तिथि घटबढका कारण आज अष्टमी र नवमी एकैदिन परेका हुन् । नवरात्रिको समाप्तिसँगै शनिबार नवदुर्गाको प्रसाद जमरासहित टीका ग्रहण गरी विजयादशमी मनाउने प्रचलन छ ।
शनिबार बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरी बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ ।
यस पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ । शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ ।
टीका लगाउँदा टीका लगाई माग्ने व्यक्ति पूर्व फर्किएर बस्नुपर्ने छ । मान्यजनबाट टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म चल्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सार्वजनिक यातायात नचल्दा यात्रीहरुलाई सास्ती
- काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता
- कमल थापा पक्राउपछि लिङ्देनको दिए यस्ताे चेतावनी
- रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदै
- कला र संस्कृति पुर्खाबाट सन्ततिमा हस्तान्तरण गर्दै मध्यपुरका युवाहरू
- पेट्रोल, डिजेल/मट्टितेलकाे मूल्य बढ्यो, हवाई इन्धनको भने घट्याे
- शनिबार राति यस्ताे माैसमः एक-दुई स्थानमा मेघगर्जन/चट्याङ
- "म एमालेको झोले हुँ, तर यो झोलामा देशको सपना बोकेको छु" — प्रधानमन्त्री ओली
- इलाम, झापा, मोरङ, सुनसरी र धनकुटामा पछिल्लो चौबिस घन्टामा धेरै भारी वर्षा
- सरकारको नीतिविरुद्ध सार्वजनिक यातायात व्यवसायीद्वारा आन्दोलन घोषणा
प्रतिकृया दिनुहोस