महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ दशैँ
- गाउँ सहर संवाददाता
- ३० असोज बुधबार, २०८१ | ०५:५०:०० मा प्रकाशित

काठमाडौँ । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादशैँ पर्व समापन हुन्छ ।
शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ ।
आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगि सेलाइन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भायानेटको ब्राण्ड एम्बासडरमा गायक सुशान्त केसी
- मंगलबार घटेर बन्द भएको नेप्सेले बुधबार पनि घट्याे
- नेप्सेसँगै कारोबार रकम पनि गिरावट
- मनाङमा भदौ १९ देखि दल दर्ता
- लिटल फ्लावरमा कक्षा ११ का नवागन्तुक विद्यार्थीकाे स्वागत
- राष्ट्रियसभा बैठक बस्दै, निजामती विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरिने
- सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै उकालाे
- एकतीस अंकले घटेकाे नेप्सेमा पनि यी कम्पनीले कमाए
- सुदूरपश्चिममा आज गौरापर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा
- चिलिमे जलविद्युत् केन्द्र बन्द
प्रतिकृया दिनुहोस