शिक्षा

लिटल फ्लावरमा कक्षा ११ का नवागन्तुक विद्यार्थीकाे स्वागत

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलमा कक्षा ११ का नवागन्तुक विद्यार्थीहरुको स्वागत गरिएको छ ।

विद्यालयमा शैक्षिक सत्र २०८२ मा कक्षा ११ भर्ना भएका  विद्यार्थीहरुलाई एक कार्यक्रमकाबीच स्वागत गरिएको हो । नवागन्तुकविद्यार्थीहरुको स्वागत गर्दै प्रिन्सिपल विकल पौडेलले उज्वल भविष्यको कामनाका साथ विद्यालयलाई थप व्यवस्थित बनाउने प्रयत्नमा आफूहरु रहेको बताए ।

कक्षा १२ का सञ्जोग तामाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल एन प्याव्सनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्राईले लगनशील भएर अगाडि बढ्न नवागन्तुक विद्यार्र्थीहरुलाई आग्रह गरे ।

एनप्याव्सनका केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारी, केन्द्रीय कार्यक्रम व्यवस्थापन उपसमिति संयोजक कमल रानाभाट, विद्यालय सञ्चालक तेज्यू गुरुङ्ग,विद्यालयका शैक्षिक विभागीय प्रमुख विचित्र न्यौपाने, अतिरिक्त क्रियाकलाप संयोजक आस्तिक पौडेल, कक्षा ११, १२ का शिक्षकहरु मिलन सापकोटा, सुजन केसी, गंगाधर बराल लगायतले  शुभकामना  दिएका थिए ।

कक्षा ११ की प्रिया वि क ले विद्यालय र गुरुहरुले सोंचेअनुसार लगनशील भई अगागि बढ्ने प्रतिवद्घता व्यक्त गरिन् ।  

विविध सांस्कृतिक प्रस्तुति समेत रहेको उक्त कार्यक्रम कक्षा ११, १२ संयोजक बिष्णुहरि पौडेल र कक्षा १२ का अञ्जन कार्कीले  सञ्चालन  गरेका थिए भने कक्षा १२ का  आकाश भुजेलले स्वागत मन्तव्य राखेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत