नेप्सेसँगै कारोबार रकम पनि गिरावट
- गाउँ सहर संवाददाता
- १७ भदौ मंगलबार, २०८२ | १६:२५:०० मा प्रकाशित

काठमाडाैं । साताकाे तेस्राे दिन मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक १९.८९ अंक घटेर २७४१.४७ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार ५ अर्ब १० करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२३ स्टकको ८९ हजार ७७५ पटकको कारोबारमा ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार रुपैयाँबराबरको १ करोड ५ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन हिम स्टार उर्जा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हिजोदेखि दोस्रो बजारमा कारोबारमा आएको यस कम्पनीको शेयरमूल्य यस दिन २६ रुपैयाँ ७० पैसा बढेर २९४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ७० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको २० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मनाङमा भदौ १९ देखि दल दर्ता
- लिटल फ्लावरमा कक्षा ११ का नवागन्तुक विद्यार्थीकाे स्वागत
- राष्ट्रियसभा बैठक बस्दै, निजामती विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गरिने
- सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै उकालाे
- एकतीस अंकले घटेकाे नेप्सेमा पनि यी कम्पनीले कमाए
- सुदूरपश्चिममा आज गौरापर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा
- चिलिमे जलविद्युत् केन्द्र बन्द
- चिनियाँ राष्ट्रपति सीसामु ‘प्रधानमन्त्री ओलीले जनाए आपत्ति’
- मनाङ १ (२) मा कात्तिक १७ गते नै उपनिर्वाचन गर्ने आयोगको निर्णय
- नेपाल प्रहरीको ३२औँ आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त
प्रतिकृया दिनुहोस