पुन: उकालाे फर्कियाे नेप्से, काराेबार रकम पनि बढ्याे
- गाउँ सहर संवाददाता
- १७ भदौ सोमबार, २०८१ | १७:४५:०० मा प्रकाशित

काठमाडाैं । पछिल्ला दिनहरुमा निरन्तरजसो ओरालो लागिरहेको नेप्से पुन: फर्किएकाे छ। साताको दोस्रो कारोबार दिन नेप्से उच्च अंक बढेर बन्द भएको छ। यस दिन उच्च अंक बढेर बन्द भएको हो।
सोमबार नेप्से परिसूचक १२७.३२ अंक बढेर २८२३.२५ विन्दुमा पुगेको छ।
नेप्से बढेसँगै यस दिन काराेबार पनि बढेको छ। अघिल्लो कारोबार दिन साढे १० अर्ब रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३५ स्टकको १ लाख ६० हजार ५७९ पटकको कारोबारमा १३ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको ३ करोड १४ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन करिब १ दर्जन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेशनल हाइड्रोपावर, बेष्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाई हाइड्रोपावर, दोल्टी पावर लगायतका स्टकहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबारमा आएको लक्ष्मी उन्नती कोषको इकाईमूल्य यस दिन सर्वाधिक ४.७१ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा तल रहेको छ।
कारोबार रकमका आधारमा यस दिन गुडविल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ४६ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन अपि पावरको करिब ४२ करोडको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको ३३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.९४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत र लगानी उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस