एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- गाउँ सहर संवाददाता
- १८ असार बुधबार, २०८२ | ०७:०७:०० मा प्रकाशित

काठमाडाैं । एएफसी एसियन कप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले श्रीलंका विरुद्ध खेल्दैछ।
उज्वेकिस्तानमा हुने खेल बुधबार साँझ सवा ६ बजे सुरु हुनेछ।
पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको नेपाल लगातार दोस्रो जित निकाल्दै एसियन कप पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।
उता पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०–० को फराकिलो हार व्यहोरेको श्रीलंका पहिलो जितको खोजीमा हुनेछ।
नेपाल र श्रीलंकाबीच अहिलेसम्म ८ खेलमा भेट भएको छ। ती सबै भेटमा नेपालले जित हात पारेको छ।
नेपाली टोली आजको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ।
नेपाल समूह एफ को विजेता बने सन् २०२६ को मार्चमा अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा खेल्ने अवसर पाउनेछ।
यसपटकको छनोटमा एसियाका ३४ टोली सहभागी छन्। जसलाई ८ समूहमा विभाजन गरिएको छ।
अहिलेसम्म आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापानले च्याम्पियनसिपका लागि स्थान सुरक्षित गरिसकेका छन्। कुल १२ टोली एसियन कपको मुख्य प्रतियोगितामा सहभागी हुनेछन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस