एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- गाउँ सहर संवाददाता
- १८ असार बुधबार, २०८२ | ०७:०७:०० मा प्रकाशित
काठमाडाैं । एएफसी एसियन कप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले श्रीलंका विरुद्ध खेल्दैछ।
उज्वेकिस्तानमा हुने खेल बुधबार साँझ सवा ६ बजे सुरु हुनेछ।
पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको नेपाल लगातार दोस्रो जित निकाल्दै एसियन कप पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ।
उता पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०–० को फराकिलो हार व्यहोरेको श्रीलंका पहिलो जितको खोजीमा हुनेछ।
नेपाल र श्रीलंकाबीच अहिलेसम्म ८ खेलमा भेट भएको छ। ती सबै भेटमा नेपालले जित हात पारेको छ।
नेपाली टोली आजको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ।
नेपाल समूह एफ को विजेता बने सन् २०२६ को मार्चमा अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा खेल्ने अवसर पाउनेछ।
यसपटकको छनोटमा एसियाका ३४ टोली सहभागी छन्। जसलाई ८ समूहमा विभाजन गरिएको छ।
अहिलेसम्म आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापानले च्याम्पियनसिपका लागि स्थान सुरक्षित गरिसकेका छन्। कुल १२ टोली एसियन कपको मुख्य प्रतियोगितामा सहभागी हुनेछन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ कांग्रेस महाधिवेशन तालिका
- कांग्रेस सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश देउवा पद चैट
- शेयरबाजरः ५ अर्ब ७ करोडको कारोबार तर १९ अंकले घट्यो
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
प्रतिकृया दिनुहोस