राष्ट्रिय सभाको बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
- गाउँ सहर संवाददाता
- २८ जेठ सोमबार, २०८१ | ०८:४६:०० मा प्रकाशित
काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ। बैठक दिउँसो सवा १ बजे बस्नेछ।
बैठकमा सोनाम गेल्जेन शेर्पा प्रस्तावक र जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाय, भगवती न्यौपाने, मदनकुमारी शाह (गरिमा), मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, र शेखरकुमार सिंह समर्थक भई सूचना दिएको सवारी दुर्घटना न्यूनीकरण गर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ।
यस्तै सचिव डा.सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ का सम्बन्धमा त्यहाँबाटप्राप्त सन्देश जानकारी गराई टेबुल गर्ने कार्यसूची छ।
यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
प्रतिकृया दिनुहोस