भारतीय प्रधानमन्त्री मोदीले लिए तेस्रो कार्यकालका लागि शपथ
- गाउँ सहर संवाददाता
- २७ जेठ आइतबार, २०८१ | २१:२८:०० मा प्रकाशित
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ ग्रहण गरेका छन् । आइतबार साँझ मोदीले राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूबाट शपथ लिएका हुन् ।
उनलाई शुक्रबार साँझ राष्ट्रपति मुर्मूले प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।
मोदीको शपथ ग्रहण समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरू नेपाल, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सका सरकार प्रमुखहरू सहभागी थिए ।
जुन ४ मा सार्वजनिक भएको लोकसभा चुनावको नतिजामा एनडीए गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेको छ । भाजपा नेतृत्वको एनडीएले ५४३ सदस्यीय लोकसभामा २९३ सिट पाएको छ ।
मोदी सन् २०१४ मा पहिलोपटक र सन् २०१९ मा दोस्रोपटक प्रधानमन्त्री बने । दुई कार्यकालमा उनी भाजपाको स्पष्ट बहुमतमा प्रधानमन्त्री बनेका थिए । तर, अहिले उनी गठबन्धनको सहयोगमा प्रधानमन्त्री बनेका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
प्रतिकृया दिनुहोस