जसपाद्वारा लुम्बिनी प्रदेश समितिमा जिम्मेवारी बाँडफाँट
- गाउँ सहर संवाददाता
- २४ कार्तिक शुक्रबार, २०८० | १२:२०:०० मा प्रकाशित

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश समितिले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । बिहीबार बसेको प्रदेश कार्यकारिणी समितिको बिहीबार बसेको प्रदेश कार्यकारिणी समितिको बैठकले सल्लाहकार समितिको अध्यक्षमा बदरुदुजा खाँ, अनुशासन आयोगको अध्यक्षमा सुदिप पौडेल, निर्वाचन आयोगको अध्यक्षमा सुधाकर मिश्रा र लेखापरीक्षण आयोग अध्यक्षमा घुरहु यादवलाई चयन गरेको छ ।
त्यस्तै मगरात राष्ट्रिय समितिको इन्चार्जमा भण्डारीलाल अहिर, सह इन्चार्जमा कृष्णबहादुर सर्तुङे मगर, थरुहट तराई राष्ट्रिय समितिको इन्चार्जमा शिवपुजन यादव र सह इन्चार्जमा इनामुल्लाह फकिरलाई जिम्मेवारी तोकेको छ ।
बैठकले अकरम पठान, राजकुमार बर्मा, रेनु सिंह, सरोजा बढई, भण्डारीलाल अहिर, शिवपुजन यादव, इनामुल्लाह फकिर र कुष्णबहादुर सर्तुङेलाई लुम्बिनी प्रदेश कार्यकारिणी समिति सदस्यमा मनोनयन गरेको छ ।
सोही बैठकले आगामी मंसिर ९ र १० गते रुपन्देहीमा प्रदेशस्तरिय राजनीतिक अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बैठकबाट प्रदेश कार्यालय सचिवको जिम्मेवारी प्रदेश समिति सदस्य शिवकुमार चौधरीलाई दिइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस