लेखनाथ जेसिजद्वारा बृद्धाश्रममा सहयोग
- विष्णुहरि पाैडेल
- १३ कार्तिक सोमबार, २०८० | १२:३२:०० मा प्रकाशित

लेखनाथ। लेखनाथ जेसिजको बार्षिक कार्यक्रम अन्तरगत दोस्रो दिन पोखरा ३२ को लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरिएको छ ।
जेसिज सप्ताह गर्दै आएको लेखनाथ जेसिजले यस वर्ष कार्यक्रमलाई छोट्एर तिन दिनको बनाएको हो । यसैक्रममा सप्ताहन्तको दोस्रो आश्रममा रहेका बृदबृद्धाका लागि आवस्यक पर्ने तरकारी,फुलफुल तथा खाद्य सामग्री सहयोग गरिएको हो।
लेखनाथ जेसिजका अध्यक्ष चन्द्रप्रकाश ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ जेसिजका पुर्व अध्यक्ष बिमल पौडेलले आश्रमका अध्यक्ष प्रेम लिगललाई उक्त सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।
लेखनाथ जेसिजका महासचिव प्रकाश राईभाटले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक सुुसिल ढुगानले गरेका थिए भने कानुनी सल्लाहकार कृष्ण तिवारी र प्रमोदमणि भण्डारी लगाएयतले जेसिजले समाज परिवर्तनका लागि खेलेको भुमिका बारेमा चर्चा गरेका थिए ।
सामाजिक क्षेत्रमा कृयासील रहदै आएको लेखनाथ जेसिजको सप्ताहन्तको पहिलो दिन फुटसल सम्पन्न भएको थियोे भने अन्तिम दिन साेमवार नेतृत्व विकासका बारेमा प्रशिक्षण तथा समापनको कार्यक्रम राखिएको मूल संयोजक मौशम वरालले जानकारी दिएका छन् ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- लेखनाथ उद्योग वाणिज्य संघको २९औं वार्षिक साधारण सभा एवम् १५औं महाधिवेशन
- आयुर्वेदिक महत्व बाेकेकाे खयरकाे चिया
- गोलभेडामा टुटा किराको बिगबिगीले पोखराका किसान मर्कामा
- हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’ मा
- २०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
प्रतिकृया दिनुहोस