विश्व

हङकङ र दक्षिणी चीनमा भारी वर्षा भएसँगै ब्यापक बाढी

  • एजेन्सी
  • २२ भदौ शुक्रबार, २०८० | १५:४६:०० मा प्रकाशित

हङकङ। हङकङ र दक्षिणी चीनमा भारी वर्षा भएसँगै ब्यापक बाढी आएको छ। हङकङका सडक र सबवे स्टेसनहरू पानीले भरिएका छन् भने विद्यालय र कार्यालहरू बन्द गरिएका छन्।

बिहीबारदेखि सुरु भएको मुलधारे वर्षा १४० वर्षयताकै सबैभन्दा ठूलो भएको मौसम अधिकारीहरू बताएका छन्। अधिकारीहरूले उद्धार गरिरहेका छन् भने तस्बीरहरूमा बाढीले भरिएका सडकहरूमा स्थानीयहरू हिंडिरहेका देखिन्छन्।

मौसमका कारण विगत २४ घण्टामा कम्तीमा ८३ जनालाई अस्पताल लगिएको आपतकालीन अधिकारीहरूले शुक्रबार बिहान जानकारी दिएका छन्। वर्षाका कारण पहिरो खस्दा केही ठाउमा सडक अवरुद्ध भएका छन्।

हङकङको सिमानामा पर्ने सेन्जेन सहरले १९५२ मा रेकर्ड सुरु भएदेखिको सबभन्दा ठूलो वर्षाको रिपोर्ट गरेको छ। भारी वर्षाको कारण दक्षिण चीनमा पनि असर पारको छ।

एजेन्सी

तपाईँको मत