पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना पीडित संर्घष समितिद्वारा ज्ञापन पत्र
- विष्णुहरि पाैडेल
- १८ भदौ सोमबार, २०८० | ०१:०१:०० मा प्रकाशित

पोखरा । पुष्पलाल मध्यपहाडी राजमार्गको पोखरा १६-१९को रेखांकन परिवर्तन गर्न माग राखी आन्दोलन गरिरहेको पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना पिडित संर्घष समितिले गण्डकी प्रदेशका मुखयमन्त्री सुरेन्द्र पाण्डे समक्ष ज्ञापन पत्र पेश गरेको छ ।
पटक पटक आन्दोलन गर्दा पनि आफ्ना मागमा सुनुवाई नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गरिएको समितिका अध्यक्ष गोविन्द बहादुर वस्नेतले जानकारी दिए ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले पिडितका मागप्रति आफु सकारात्मक रहेको बताउँदै, मागका विषयमा केन्द्र सरकारसँग कुरा राख्ने वताए । प्रदेश सरकारले यस विषयमा निर्णय गर्न नमिल्ने स्पष्ट पार्दै, जनतालाई समस्या पार्ने गरी कुनै काम गर्न नहुने बताए ।
ज्ञापनपत्र बुझाउँदै समितिका अध्यक्ष बस्नेतले सोही रेखांकन अनुरुप काम शुरु भएमा पोखरा १६ र १९का करिव ३ सय घरधुरी उठिबास लाग्ने, प्राकृतिक गुफाको रुपमा विश्वभर परिचित महेन्द्र र चमेरे गुफा संकटमा पर्ने तथा सरकारी र निजी विद्यालय नै मासिने स्पष्ट पारे । ज्ञापनपत्रमा पोखरा १६/१९को गलत रेखांकन हटाउने काम गरी विकल्पको व्यवस्थापनतर्फ लगिएमा लामो समयदेखि अनाहकमा मानसिक पिडा खेप्दै सर्घषरत स्थानिय पिडितहरुले न्याय पाउने र पिडा मुक्त हुने तथा यो क्षेत्रका विविध राष्टिय समपदाको दिगो संरक्षणको सुनिश्चीतता हुने भनिएको छ ।
पिडितहरुले यसअघि वडा कार्यालय घेराउ तथा तालाबन्दी, महानगर घेराउ लगायतका विभिन्न कार्यक्रम सम्पन्न गरेका थिए ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- पोखरामा १६ औं हिसान कास्की स्पोर्टस मिट सुरु
- लेखनाथ उद्योग वाणिज्य संघमा महिला उद्यमीहरुको भेला
- बरालको बहुआयामिक व्यक्तित्व अनुकरणीय
- त्याग समर्पण र अवसर भए विदेशिने क्रम घट्छ : विश्वविद्यालय अनुदान आयोग अध्यक्ष अधिकारी
- शान्ति उदयमा रेडक्रस कास्कीको तालिम सुरु
- गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड पुष २६ गतेदेखि
- लेखनाथ जेसिजद्वारा बृद्धाश्रममा सहयोग
- राइजिङ्ग स्टार युथ क्लवका अध्यक्ष विष्णु गुरुङ्गको समाजसेवा सराहनीय
- मौरीपालनबाटै लाखाैँ कमाउँछन् श्रीभद्र, कम लगानी-मनग्य आम्दानी
- कृषि प्रेरणादायी अधिकारी
प्रतिकृया दिनुहोस