ओलम्पिक दिवस : मञ्चद्वारा पोखरा रंगशालामा वृक्षारोपण
- विष्णुहरि पाैडेल
- ८ असार शुक्रबार, २०८० | २१:३५:०० मा प्रकाशित

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरा रंगशालामा वृक्षारोपण गरेको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा मञ्चले पोखरा रंगशालालाई स्वच्छता र सुन्दरता बढाउन वृक्षारोपण गरेको हो । सो वक्षारोपण कार्यक्रमको एक कार्यक्रमका विच मञ्चका निवर्तमान अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले शुभारम्भ गरेका थिए।
नेपाली ओलम्पिक आन्दोलनलाई सबै तह सम्म पु¥याउनु पर्ने खाँचो रहेको औल्याउँदै उपाध्यक्ष गुरुङले गण्डकी प्रदेशमा समेत ओलम्पिकका विभिन्न कमिसनहरु गठन गरी अघि बढ्ने बताए । उनले मञ्चले आजको सन्दर्भलाई जोड्दै वृक्षारोपण जस्तो महत्वपूर्ण कार्यक्रम गर्नु प्रशंसनिय रहेको बताउँदै यसको संरक्षणका लागि सबैको उत्तिकै महत्व दिनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा आफ्ना भनाई राख्दै मञ्चका संस्थापक अध्यक्ष एवं स्पोर्टस फर अल कमिसन गण्डकीका अध्यक्ष खड्ग बहादुर रानाभाटले ओलम्पिक दिवसले नेपाली खेलकुदको विकासको सन्दर्भमा समेत आधुनिक खेलकुदको महत्व बढ्दै गएको बताए ।
मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले समेत आफ्ना भनाई राखेका थिए । कार्यक्रममा मञ्चका सल्लाहकारहरु महेश गुरुङ, जयराम हमाल, तिलक केसी, कृषी विकास बैंक गण्डकी प्रदेश कार्यालयका निर्देशक प्रकाश कंडेल, क्षेत्रिय खेलकुदका प्रमुख लक्ष्मण प्रसाद योगी, जिल्ला खेलकुदका प्रमुख डिवी नेपाली लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा विभिन्न फलफूल जातका ३० भन्दा वढि विरुवा रोपिएको मञ्चका कोषाध्यक्ष महेश पौडेलले जानकारी दिए ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- गोलभेडामा टुटा किराको बिगबिगीले पोखराका किसान मर्कामा
- हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’ मा
- २०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
- पोखरा विश्वविद्यालयले २७ वर्ष पछि शिक्षण अस्पताल संचालन गर्दै
- १२औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु
प्रतिकृया दिनुहोस