गाउँ सहर

रास्वपाको स्थापना दिवसमा वृक्षारोपण

लेखनाथ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । पार्टीको केन्द्रीय कार्यक्रम अन्तरगत कास्की जिल्लाको दुई ठाउँमा वृक्षारोपण गरिएको हो । प्रथम स्थापना दिवसलाई साताब्यापी रुपमा मनाउने कार्यक्रम अन्तर्गत पहिलो दिन पोखरा १८ को जामुने वोटस्थित विभूति सहिद पार्क र पोखरा २७ को कवि शिरोमणि लेखनाथ पौडेललको जन्मस्थल अर्घौ अर्चेलेमा वृक्षारोपण गरिएको हो ।

रास्वपाले अगाडि सारेको मिसन २०८४ को अभियानलाई सहयोग पुग्ने र पार्टीले अंगिकार गरेको नीति तथा सिद्धान्तका बारेमा जनस्तरसम्म जानकारी गराउने उद्धेश्यले वृक्षारोपणको कार्यक्रमलाई अगाडि सारिएको हो ।

यसैबिच पोखरा १८ को कार्यक्रममा क्षेत्रिय सदस्य योगराज पौडेल र महानगर संयोजक नारायण आचार्य लगाएतले अगामी दिनमा गरिने काम र योजनाका बारेमा जानकारी गराएका थिए ।

यता पोखरा २७ को अर्चले फेदीमा राखिएको कार्यक्रममा ८३ वार्षिय सोभाकर घिमिरेले विरुवा रोपेर सुरु भएको कार्यक्रममा केन्द्रीय प्रशिक्षण विभागका प्रमुख माधव प्रसाद कडेल, जिल्ला संयोजक राजु राई, रास्वपा वडा नं २६ का सभापति वैकुण्ठ बराल र सचिव विष्णु सापकोटाले जसरी नयाँ विरुवा लगाएर पुराना विरुवालाई विस्थापित गरिन्छ त्यसैगरि पुरानो विचार र सिद्धान्त भएकाले देश विकासमा चासो नदेखाएकाले अबका दिनमा युवाको नेतृत्वमा देश विकासको अभियानलाई अगाडि बढाईएको बताएका थिए ।

तपाईँको मत