गाउँ सहर

सडक सुरक्षा सचेतना मूलक कार्यक्रम सम्पन्न

पोखरा I पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत राष्ट्रिय सडक सुरक्षा परिषद्को आयोजनामा एक दिने सडक सुरक्षा सम्वन्धि सचेतना मूलक कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

नाशा नेपालको संयोजन र लेखनाथ उद्योग वाणिज्य संघको व्यवस्थापनमा सम्पन्न भएको सो कार्यक्रममा गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीराम भटट्राईले सडक पूर्वाधारको विकाससँगै सडक सुरक्षा राज्यको प्रमुख चुनौतीको विषय बन्दै आएको बताउदै नेपाल जस्तो विकासोन्मुख मुलुकमा साँघुरा र मापदण्ड विना निर्माण गरिएका सडकहरु सवारी दुर्घटनाका प्रमुख कारण रहेको, साथै नेपालको सवारी दुर्घटना हुनुमा कुनै एक कारण मात्र जिम्वेवार देखिदैन सडक अनुसाशनको अवहेलना दक्ष र अनुभवि चालकको कमी, मापदण्ड विपरित बनेका सडक संरचना सवारी साधनको कमजोर अवस्था, सडक प्रयोगकर्ताको लापरर्वाही र लाइसेन्स र सवारी दर्ता अनुमती नविकरण र मुलुक संघियतामा गएको अवस्थामा पनि  सडक सुरक्षा सम्वन्धि ऐन कानुन पुरानै हुनुनै यसको प्रमुख  कारण र चुनौती रहेको बताए ।

उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एवं उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुराम गिरीले आम नागरिकको सडक दुर्घटनावाट मृत्यु भयावहको अवस्थामा रहेको बताउदै सडकको अवस्था निति नियमको पालना नगर्दा र सवारी साधनको अवस्थाका कारणले सडक दुर्घटना भएको बताए।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, संघका पूर्व अध्यक्ष सुमन भटट्राई, जिल्ला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ सइ प्रविण आचार्य, भौतिक पूर्वाधार तथा यातायात विभागका निर्देशक रामचन्द्र पौडेल, सिनियर डिभिजन इन्जिनियर सुरेस श्रेष्ठ, अटोमोवाइल यसोसियसका इन्जिनियर सुयोग खनाल, नेपाल इन्जिनियरिङ यसोसियसन गण्डकी प्रदेशका सदस्य विजेन्द्र केसी, नेपाल नाशाका प्रतीनिधि गोविन्द भट्राई लगायतले नेपालमा सवारी साधानको स्थिति सडक सुरक्षा स्थिति, राष्ट्रिय यातायात निति, रणनिति लगायतका सडक सुरक्षा सम्वन्धि सचेतना मूलक विषय वस्तुमा प्रकाश पारेका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष बाबुराम गिरीको संयोजकत्वमा आठ  सदस्यीय कार्य समुह गण्डकी सडक सुरक्षा परिषद् गठन गरिएको छ । गठित कार्य समुहको सदस्यहरुमा लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुमन भट्टराई, पत्रकार कविराज खनाल, सुरेन्द्र पौडेल, ईन्जिनियर, विजेन्द्र केसी लगायत छन् ।

तपाईँको मत