कंग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज
- एजेन्सी
- १० चैत शुक्रबार, २०७९ | १६:३६:०० मा प्रकाशित

भारतीय कंग्रेस आईका नेता राहुल गान्धीको सांसद पद खारेजीमा परेको छ। चार साल पुरानो एक आपराधिक मानहानिमा दुई वर्षको सजाय मिलेपछि शुक्रवार कांग्रेस नेता राहुल गान्धीको लोकसभा सदस्यता रद्द गरिएको हो।
लोकसभा सचिवालयले एक सूचना जारी गरेर गान्धीको सांसद पद खारेज भएको जनाएको छ।
सूचना केरलको वायनाड लोकसभा सिटका सांसद राहुल गान्धीलाई सजाय सुनाएपछि २३ मार्चदेखि गान्धीलाई अयोग्य घोषित गरिएको हो।
अदालतले गान्धीलाई सजायको विरुद्ध उच्च अदालतमा अपिल गर्न ३० दिनको समय समेत दिएको थियो। तर लोकसभा सचिवालयले उनको सांसद पद नै रद्द गरिदिएको हो।
सन् २०१९ को यो मामिला उनको ‘मोदी उपनाम’बारे गरेको टिप्पणीसँग सम्बन्धित थियो। गान्धीले त्यतिबेला बयान दिएका थिए, ‘सबै चोरहरूको उपनाम मोदी कसरी हुन्छ?’
मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए।
राहुल गान्धीका वकिलहरूको टोलीले सुनुवाइको क्रममा राहुल गान्धीले आफ्नो बयानबाट कुनै समुदायलाई चोट पुर्याउन नचाहेको बताएको बताएका थिए।

एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
- नाइजेरियाको मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु
- ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की
- जेलेन्स्कीलाई समर्थन गर्दै क्यानडाले भन्यो- युक्रेनको लडाईं लोकतन्त्रको लागि हो
- अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
- आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय
- अवैध आप्रवासी निष्कासन गर्ने अमेरिकाकाे सूचीमा १३ सय ६५ नेपाली
प्रतिकृया दिनुहोस