दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौता
- विष्णुहरि पाैडेल
- ४ चैत शनिबार, २०७९ | १७:३१:०० मा प्रकाशित

पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । रिड नेपाल अन्र्तगतको टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल परियोजना र पोखरा महानगरपालिका वडा नं २९मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयबीच परियोजना सन्चालन गर्न सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको हाे ।
शनिबार पुस्तकालयको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच पुस्तकालयका तर्फबाट अध्यक्ष कृष्णहरि भण्डारी र परियोजनाका तर्फबाट रिड नेपालका उपनिर्देशक चिनकाजी श्रेष्ठको उपस्थितीमा हस्ताक्षर गरिएको हो ।
सम्झौता अनुसार परियोजनाबाट लक्षित समुदायका बिद्यालयबाट पिछडिएका, प्रविधिको पहुँच नपुगेका कक्षा ९ देखि १२ सम्मका अध्ययन गर्दै वा अध्ययन गर्न छोडेका प्रयक्ष रुपमा ५५ जना किशाेरीहरु लाभान्वित हुने बताएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ्ग, वडा नं ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्की, पोखरा महानगरपालिका शिक्षा महाशाखाका शाखा अधिकृत बद्रिनाथ सुवेदी, कार्यपालिका सदस्य निर्मला पौडेल विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, आर्दश युवा क्लबका अध्यक्ष पदम गुरुङ्ग, लगायत पुस्तकालय व्यबस्थापन समितिका पदाधिकारीहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम सनचालन पुस्तकालयका सचिव पदम प्रसाद अधिकारीले गरेका थिए ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- गोलभेडामा टुटा किराको बिगबिगीले पोखराका किसान मर्कामा
- हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’ मा
- २०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
- पोखरा विश्वविद्यालयले २७ वर्ष पछि शिक्षण अस्पताल संचालन गर्दै
- १२औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु
प्रतिकृया दिनुहोस