राष्ट्रपति निर्वाचनका लागि दलहरु निर्णायक छलफलमा जुट्दै, दाउ आ-आफ्नै
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण शुक्रबार, २०७९ | ०७:५६:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि दलहरु आज निर्णायक छलफलमा जुट्ने भएका छन् ।
विभिन्न दलसँग छलफल गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सबैजसो दलसँग निर्णायक छलफल गरेर उम्मेदवार टुंगो लगाउने तयारी गरेका छन् ।
राष्ट्रपति पदका लागि निर्णायक मत भएका प्रधानमन्त्री प्रचण्ड आफै सक्रियताका साथ लागेका हुन् । प्रचण्डले हिजो नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुसँग संयुक्त तथा एक्लाएक्लै छलफल गरेका थिए ।
त्यस्तै बुधबार प्रचण्डले कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । हिजै पुरोना गठबन्धनसँग संयुक्त बैठक बस्ने तयारी भए पनि समय नपुगेका कारण बस्न सकेन ।
आज बिहान ८ बजे पुरानो गठबन्धनका दलहरुसँग संयुक्त छलफल गर्ने तयारीमा प्रचण्ड जुटेका छन् ।
हिजो साँझ सिंहदरबारमा बसेको तीन दलीय बैठकपछि प्रधानमन्त्री प्रचण्डले आज बिहान निर्णायक बैठक हुने बताएका थिए । प्रचण्डले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्ने तयारी गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस