शिवरात्रीको अवसरमा महारुद्र दर्पण विमोचन
- विष्णुहरि पाैडेल
- ७ फाल्गुण आइतबार, २०७९ | ०८:१६:०० मा प्रकाशित

पोखरा। पाेखरा ३३ को महारुद्र मन्दिर व्यवस्थापनले स्मारिका प्रकाशन तथा विमाेचन गरेको छ। धेरै वर्ष पहिले स्थापित भई शिवगुठीकाे लालमाेहर प्राप्त गरेकाे तेस्राे शताब्दीमा प्रवेश गरेकाे अवसरमा महारुद्र मन्दिर वर पाण्डेथुम कैलाशकाे प्रथम स्मारिका 'महारुद्र दर्पण' विमाेचन गरिएको छ।
स्मारिका विमोचन गर्दै सोही ठाँउमा पैतृक थलो भै हाल कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नं दुई बाट प्रतिनिधि सभा मा निर्वाचित सांसद सुरेन्द्रराज आचार्यले त्यस मन्दिर क्षेत्रको विकास तथा थप व्यवस्थित गर्ने सन्दर्भमा आफ्नो साथ सहयोग रहिरहने बताए।
लघु रुद्री लगायत धेरै कार्यक्रम अायाेजना गरिएकाेमा खुशी व्यक्त गर्दै भागवत् भाष्कर कमल नयन गौतमले समाजमा असल आचरण फैलाउन धर्मले भूमिका खेलेकोमा जोड दिए ।
उक्त कार्यक्रमा पोखरा ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले मन्दिरको विकासका लागि बनाएको गुरु योजनालाई सफल पार्न वडाको तर्फबाट सक्दो गर्ने बताए। मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष मनोहर शर्मा आचार्यको अधयक्षतामा सम्पन्न कार्यक्रममा स्मारिका संयोजक बाबुराज आचार्य ले समेटिएका विषय वस्तुका बारेमा जानकारी गराएका थिए।
समितिका सदस्य ऋषेश्वर भूवाई ऋतु ले स्वागत गरे। अर्थ संकलन समिति का सदस्य दिनेश आचार्यले सहयोगदाताको विवरण सुनाएका थिए। रमा आचार्यको कविता बाचन, ओम प्रकाश पौडेलको पूजा संयोजन रहेको कार्यक्रमममा ज्योतिष पिताम्बर पाैडेलले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन समिति का सदस्य उमेश आचार्यले गरेका थिए। मन्दिरले तत्कालीन राजा राजेन्द्र वीर विक्रम शाह बाट वि सं १८८० मा लालमोहर प्राप्त गरेकाे थियो।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’ मा
- २०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
- पोखरा विश्वविद्यालयले २७ वर्ष पछि शिक्षण अस्पताल संचालन गर्दै
- १२औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु
- वेगनासतालमा प्रथम ड्रागन बोट रेस प्रतियोगिता हुने
प्रतिकृया दिनुहोस