तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ सुरु
- विष्णुहरि पाैडेल
- २४ माघ मंगलबार, २०७९ | १९:४३:०० मा प्रकाशित

पाेखरा । चापाकोट पर्यटन प्रर्वद्धन समितिको आयोजनामा चापाकोट देउरालीमा हामीले तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ ।
महोत्सवको उद्दघाटन गदै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले फेवातल जोगाउन पोखरा २३ का वडा बासीको महत्वपुर्ण भुमिका रहेको बताए । उनले फेवातालबाट अहिलेसम्म ६ र ७ लगायतकाले मात्र आम्दानी गरेको धारणा राख्दै अब पोखरा २३ का जनताले पनि फेवातालबाट आम्दानी लिने योजना ल्याउनुपर्ने बताए । पोखरा २३ जनताले उत्पादन गरेको खाध्यको बजार बनाउनुपर्ने बताए ।
अरुको देशमा उत्पादन भएको अन्न भर नपरी नेपालमा नै कृषि उत्पादन बढाउन पर्ने बताए ।
प्रदेश सभा गण्डकी निर्वतमान संसद राजिव पहारी पोखरा २३ को विकाससको लागि आफूले पहल गरेको बताए । पहारीले पहिला वडाको कुनै क्षेत्रमा पक्की सडक नभएको र पुलको कारणले वडा बासीले दुःख पाएको जानकारी दिए । आफ्नो पहलमा नै पक्की पुलको लागि बजेट परेको सुनाउदै अहिले पोखरा २३ को मुहार फेरीएको सुनाए । यस्ता मेला महोत्सवले विकासमा सहगयोग गर्ने पहारीको भनाइ छ ।
वडा अध्यक्ष रामकाजी गुरुङले मेला महोत्सवले वडाको विकासमा सहयोग हुने धारणा राखे । समाजसेवी शिवलाल पराजुली, महोत्सव संयोजक चतनाथ देवकोटा, चापाकोट पर्यटन प्रर्वद्धन समिति अध्यक्ष भिम पराजुली लगायतले कार्यक्रममा भनाइ राखेका थिए ।
२८ गते सम्म हुने मेलामा २५ हजार भन्दा बढीले अवलोकन गर्ने लक्ष्य लिएको चापाकोट पर्यटन प्रर्वद्धन समिति अध्यक्ष भिम पराजुलीले जानकारी दिए ।
२८ गते सम्म हुनेमहोत्सवमा विभिन्न प्रतियोगिता समेत राखिएको छ ।
नौमती बाजा प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्वितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।
भजन प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्वितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।
रत्यौलि प्रतियोगितातर्फ प्रथमलाइ ३३ हजार ३ सय ३३ द्वितिय २२ हजार २ सय २२ तृतिय ११ हजार १ सय ११ सान्तवनालाइ ५ हजार ५ सय ५५ले पुरस्कृत गरिने छ ।
पुरुष दौड प्रतियोगितामा पहिलो हुनेलाई ५ हजार द्वितिय हुनेलाई ३ हजार रुपैयाँ तृतिय हुनेलाई २ हजार रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । महिला दौड प्रतियोगिमा पहिलो हुनेलाई ५ हजार द्वितिय हुनेलाई ३ हजार रुपैयाँ तृतिय हुनेलाई २ हजार रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
बाल नृत्यमा पहिलो हुनेलाई २ हजार ५ सय सुपैयाँ द्वितिय हुनेलाई २ हजार रुपैयाँ तृतिय हुनेलाई १ हजार ५ सय रुपैयाँ सान्तवना हुनेलाइ १ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
दुना टपरी बुन्ने प्रतियोगितामा प्रथमहुनेलाई २ हजार द्वितिय हुनेलाई १ हजार ५ सय तृतिय हुनेलाई १ हजार र सान्तवना हुनेलाई ५ सय रुपयाँले सम्मान गरिने भएको छ ।
झाँकी प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार द्वितिय हुनेलाई ३ हजार तितृय हुनेलाई २ हजार रुपैयाँ र सान्तवना हुनेलाई १ हजार रुपैयाँले सम्मान गरिएको छ । घैटो फुटाउने प्रतियोगितामा पहिलो हुनेलाई १ हजारले सम्मान गरिने छ ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको छैटौं प्रदेश सभा सम्पन्न
- दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौता
- पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवस
- कन्या क्याम्पस पोखरामा अनुसन्धान विधि सम्बन्धी तीन दिने कार्यशाला
- पोखरा विश्वविद्यालयको अठारौँं दीक्षान्त समारोह, शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री
- वीर आधारभूत विद्यालयले मनायाे स्वर्ण जयन्ती
- शिवरात्रीको अवसरमा महारुद्र दर्पण विमोचन
- वीर आधारभूत विद्यालयले स्वर्ण जयन्ती मनाउने
- घरेलु हिंसाको उजुरी सुनुवाई तथा मेलमिलाप सीप विकास सम्बन्धी गोष्ठी सम्पन्न
- एघारौं पोखरा महोत्सव सम्पन्न
प्रतिकृया दिनुहोस