वातावरण

माैसम : पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडाैं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । तराईका  केही भू-भागहरूमा हल्का हुस्सु लागेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ । राती  प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

तराईका भू-भागहरुमा बिहानीपख लागेको हुस्सु दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत