घरेलु हिंसाको उजुरी सुनुवाई तथा मेलमिलाप सीप विकास सम्बन्धी गोष्ठी सम्पन्न
- विष्णुहरि पाैडेल
- १७ माघ मंगलबार, २०७९ | २१:३७:०० मा प्रकाशित

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा मातहतका जिल्ला तथा ईलाका प्रहरी कार्यालयहरुका महिला बालबालिका र जेष्ठ नागरीक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुसँग गोष्ठी समपन्न भएको छ।
समाजमा विद्यमान घरेलु हिंसा न्युनिकरणका लागि घरेलु हिंसा (कसूर र सजाय)ऐन २०६६ र नियमावली २०६७ को कार्यान्वयनमा एकरुपता र थप प्रभावकारीता ल्याउने उद्देश्यका साथ “घरेलु हिंसाको उजूरी सुनुवाई तथा मेलमिलाप सिप विकास” सम्वन्धी १ दिने गोष्ठी तथा अन्तरक्रिया सम्पन्न भएको हो।
उक्त गोष्ठी गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङको प्रमुख आतिथ्यता सञ्चालन गरिएको थियो । कार्यक्रम उद्घाटन गर्दै गुरुङ्ग ले गोष्ठीले घरेलु हिंसाजन्य घटनाको मेलमिलाप गराउने प्रक्रिया सम्बन्धी अनुभव आदान प्रदान गरी कानुनी सम्बनधी नविनतम आयामहरुको सिकाईबाट कार्य प्रभावकारीता बढ्ने विश्वास व्यक्त गरे ।
घरेलु हिंसाको मेलमिलाप गर्ने प्रक्रियामा पिडितका सम्पुर्ण पिडाहरुलाई प्रहरीले सुनिदिनुपर्ने र पिडितलाई संरक्षण गरी परम्परागत मेलमिलाप सम्बन्धी तौरतरिकामा परिवर्तन गरी पक्षहरु बिचको विवाद समाधानको स्थायी विकल्पहरु पहिचान गरी परामर्श प्रदान गर्नुपर्ने बताए। यसका साथै प्रहरी नायव महानिरीक्षक गुरुङले सत्यतथ्य छानबिन गरी पिडितलाई न्याय दिलाउन सके मात्र प्रहरीलाई अनुसन्धानको श्रेय मिल्ने र प्रहरी संगठन प्रति विश्वासको वातावरण सिर्जना हुने समेत बताए।
कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक खडक बहादुर खत्रीले गोष्ठीमा सहभागीहरुलाई गण्डकी प्रदेशमा घरेलु हिंसाको अवस्था र यसको नियन्त्रणका लागी गरीरहेको प्रयासका बिषयमा जानकारी गराएका थिए।
उद्घाटन कार्यक्रम पश्चात सहभागीहरुलाई समाजमा भईरहेका विविध घरेलु हिंसा, उजुरी लिदा प्रहरीले ध्यान दिनुपर्ने कुराहरु, अनुसन्धान, पिडितको संरक्षण, मेलमिलाप र संचार सिप तथा अभियोजनका विषयमा जानकारी गराईएको थियो ।
उक्त गोष्ठीमा गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यलयको महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्र र ठाडो उजूरी तथा सुनुवाई शाखामा कार्यरत ४० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

विष्णुहरि पाैडेल
पाैडेल गाउँ सहर डटकमका पाेखरा संवाददाता हुन् ।
- हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’ मा
- २०औँ लेखनाथ महोत्सव सम्पन्न, १३औं पोखरा महोत्सव जारी
- एनप्याव्सन कास्कीले ग-यो ३३ विद्यालयका १ सय ४५ शिक्षक कर्मचारीको सम्मान
- कृषक पाठशाला बन्दै खनालको कुरिलाे खेती
- लेउवा संघको स्थापना दिवसमा दौड
- पोखरामा नागरिक सम्मान
- प्रदेश घोषणापत्र जारी गर्दै सकियो पुस्तकाल सम्मेलन
- पोखरा विश्वविद्यालयले २७ वर्ष पछि शिक्षण अस्पताल संचालन गर्दै
- १२औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु
- वेगनासतालमा प्रथम ड्रागन बोट रेस प्रतियोगिता हुने
प्रतिकृया दिनुहोस