गाउँ सहर

विचाैलियाको बिगबिगी भयपछि खुदोको पुर्ख्यौली पेशामा समस्या

पोखरा । पोखराकाे वडा नंं ३२, मालेपाटन र ढोडवेशीका सयौ परिवारले पुख्र्यौली पेशाका रुपमा उखु खेतीलाई निरन्तरता दिइरहेका छन्  । पछिल्लो समय विक्रीमा समस्या नभए पनि परम्परादेखि चल्दै आएको खुदोको व्रान्ड र गुणस्तरमा बिचौलियाको कारण समस्या देखिएको हो ।

ऊखुलाई मुख्य पेशाको रुपमा लिदै आएका कृषकले भने यस पटक विचौलीया व्यवसायीले अन्यत्रको खुदोल्याई  सस्तो र गुणस्तरीय  मालेपाटन ढोवेशीको खुदो भनी वजारमा छ्यापछ्यापत्ती विक्रि गर्दै आएकोले समस्या देखिन थालेको हो ।

सताब्दिअाैँ देखिको पेशाको नाम र ठाउँको समेत पहिचान झल्केको खुदो उत्पादन हुने यस ठाउँलाई लगभग ६० देखि ७० जना किसानले  उखुवाट वार्षिक ६० लाख नगदे वालीको रुपमा आम्दानी गर्दै आएका तर यस वर्ष भने सेतो ढुसीका कारण उत्पादन घट्दो भएको मौका पारेर  विचौलियाले अन्यत्रवाट खुदो खरिद गरी   विक्रि गरेकाले कृषकहरु निरास देखिन्छन्।

गुणस्तरीय उखुको विउ कृषि मन्त्रालय, विभाग मार्फत  उखु उत्पादन गराउनका लागि विभिन्न किसिमका मेशिन , उपकरण खरिद  र भट्टी बनाउनका लागि सहयोग अपेक्षा राख्दै अर्काको उत्पादन गरेर विक्रि वितरण गर्नु भन्दा आफैले उत्पादन गरी विक्रि वितरण गर्नु नै उचित रहेको स्थानीय वासी बताउदछन् ।
 
पुस पन्ध्र र माघे संक्रान्ती लगायतका विभिन्न चाड पर्व, मेला, महोत्सव, विवाहा, वर्तवन्धन, मर्दा पर्दामा  यहाँको खुदो खाने चलन चलि आएको छ । यहाँको खुदो कास्कीका छिमेकी गाउँ तनहुँ, लमजुङ्, स्याङ्गा, वाग्लुङ् पर्वत लगायतका छिमेकी जिल्लामा समेत  विक्रि वितरणको लागि लगिन्छ । खुदो वाट विभिन्न परिकार र खाजाको रुपमा कसार, सेलरोटी, चिउरा, मकैमा समेत मिलाएर खाने गरीन्छ । जुन मिठो, स्वादिलो र गुणस्तरयुक्त मानिन्छ ।
 
अन्य खेती भन्दा उखु खेतीमा वढी उत्पादन र आम्दानी हुदै आएको किसानहरु यो खेतीमा बढी आर्कषित भएकोपनि देखिन्छ ।
 
उखुको विउ रोपेको एक वर्ष पछि दुइपटक गोडमेल गरेपछि उखुको लाक्रा तयार हुन्छ । उखुलाई खुदो वनाउने प्रकृया भने पछिल्लो समय हराउदै गएको खुदो वनाउने प्रचलन पनि हराउदै गएको छ विगतमा कोलमा उखुको लाक्रा काटेर टुक्रा टुक्रापारी कोलमा राखेर मानिसले कोलमा  पेलेर रस निकालिन्थो विस्तारै गोरुले दाई जस्तौ गरी उखु पेल्ने चलन आयो  हालका दिनमा भने विजुलीवाट मेशिनमा पेलेर रस निकाली सफा कपडाले छानेर ठुला ठुला ड्रममा राखेर आगोमा ६ घण्टा उमालेर खुदो वनाइन्छ ।
 
हालका दिनमा पोखरा ३२, मालेपाटन कृषि सहकारी संस्था लिमिटेडको सहयोगमा पोखरा महानगरपालिकाले पनि यहाँको खुदोलाई ब्रान्ड वनाउन खोजेको छ तर बिचौलियाले यहाँको खुदोको नाम लिएर अन्यत्रको खुदो विक्री वितरण गर्न नसकुन र यहाँको खुदो अझ गुणस्तरयुक्त वनाउन कृषक उपभोक्ता, कृषि सहकारी र महानगरपालिका कार्यालय सचेत हुनु जरुरी देखिन्छ ।
 
पुसे पन्ध्रममा लटे (अनदिको चामलमा खुदो हालेर पकाउने परिकार) र माघे सक्रती (माघ १)का दिन खाने खुदो चिउरा हामीकोमा परम्परा देखि चल्दै आएको चलन हो ।
बर्षको एक पटक खुदो र खुदोको परिकार खानाले जाडोको समयमा तातो पन दिन र घरमा पुजा पाठका लागि पनि खुदो राख्नु पर्ने चलन चल्तीले खुदोको माग हुने गरेको जानकारहरु बताउछन् ।
 
खुदो सेवन गर्दा औषधीको समेत काम गर्ने मान्यता रहेकाले पोखरा र आसपासका जिल्लावाट पनि खुदो किन्नका लागि उपभोक्ताहरु आउने गर्दछन् ।
तपाईँको मत