नेपाल टी-२० : काठमाडौंले जनकपुरलाई दोस्रो पटक हरायाे
- गाउँ सहर संवाददाता
- १७ पौष आइतबार, २०७९ | १२:४०:०० मा प्रकाशित
काठमाडाैं । काठमाडौं नाइट्सले नेपाल टी-२० लिगमा आइतबार जनकपुर रोयल्सलाई दाेस्राे पटक हराएकाे छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियाे । काठमाडौंले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा अलआउट भएर ९० रन मात्र बनायो ।
जनकपुरका लागि ओपनर अरफुदिन असरफ,सोमपाल कामी तथा खडक बोहोरा बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन् । असरफले ३३ तथा सोमपालले २१ रन बनाए । बोहोरा १० रनमा आउट भए ।
काठमाडौंका लागि अभिनास बोहोराले ४ तथा अजमतुल्लाह उमरजाईले २ विकेट लिए । कमलसिंह ऐरी,अनिल खरेल र बसिर अहमदले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो।
काठमाडौंका लागि सुनाम गौतमले ४७ बलमा ६२ रनको अर्धशतकीय ईनिङ खेले । रायन बर्लले ४० बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ६१ रनको अर्धशतकीय ईनिङ खेल्दा एलेक्स ब्लेक २० रनमा आउट भए ।
अजमतुल्लाह उमजाईले १० रन बनाउँदा लोकेश बम ७ रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्ल भने यस लिगमा तेस्रो पटक डगआउट भए ।
जनकपुरका लागि जितेन्द्र मुखियाले २ तथा शरफुदिन असरफ र कप्तान ट्राभोन ग्रिफिथले समान १/१ विकेट लिए ।
पाँच खेल खेलेर समान ३ जित तथा २ हार हात पारेर ६ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।
हारका बाबजुत छ खेलमा चार जित निकालेको जनकपुर ६ खेलमा ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा कायमै रहेको छ ।
यही संस्करणको पहिलो भेटमा पनि काठमाडौंले जनकपुरलाई हराएको थियो ।
आज नै हुने दोस्रो खेलमा अल स्टार लुम्बिनी र विराटनगर सुपर किंग्सबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ।
यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।
डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आजदेखि एनपीएलको महासंग्राम, उद्घाटनमै लुम्बिनी र सुदूरपश्चिमको भिडन्त
- एनपीएलको विजेतालाई १ करोड ५० लाख
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
प्रतिकृया दिनुहोस