कंगोमा बाढी पहिरोमा परी १ सय बढीको मृत्यु
- एजेन्सी
- २८ मङ्सिर बुधबार, २०७९ | ०८:४५:०० मा प्रकाशित

कंगो । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा भारी वर्षा भएपछि आएको बाढी पहिरोमा १ सय जना भन्दा बढीको मानिसकाे मृत्यु भएको छ ।
कंगोकोे राजधानी किन्सासाका विभिन्न जिल्लाका सयौं घरहरू भत्कनुका साथै डुबानामा परेकाले हजारौं मानिसहरू घरबारबिहीन भएका हुन् । राजधानी किन्सासाको दक्षिणी भेग मोन्ट–नगाफुलाका अधिकांश घरहरू पहिरोले पुरिएका छन् । नदीको बाढी बस्तीमा समेत पस्दा त्यहाँका सर्वसाधारणको बिचल्ली भएको छ ।
कंगोका प्रधानमन्त्री जिन मिशेल सामा लुकोन्डोले घटनाप्रति दु:ख व्यक्त गर्दै उद्धारकार्य तीब्र गतिमा भइरहेको जानकारी दिए । भारी वर्षा अझै जारी रहेको र भग्नावशेषमा पुरिएकाहरूकोे उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । किन्सासाको २४ वटा इलाकामा १ करोड २० लाख मानिसको बसोबास रहेको छ ।
यहाँका अधिकांश घरहरू डुबानमा पर्नुका साथै सडकहरू समेत भासिएका छन् ।

एजेन्सी
सम्पूर्ण देशका मुख्य समाचार संस्थाहरू ।
- चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर
- गुजरात विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
- भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुग्याे
- म्यान्मार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १,००० नाघ्यो
- नाइजेरियाको मस्जिदमा भएको आतङ्ककारी आक्रमणमा परी ४४ जना सर्वसाधारणको मृत्यु
- ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की, ट्रम्पसँग ह्वाइट हाउसमा चर्काचर्की
- जेलेन्स्कीलाई समर्थन गर्दै क्यानडाले भन्यो- युक्रेनको लडाईं लोकतन्त्रको लागि हो
- अमेरिकामा विमान दुर्घटना, कम्तीमा १८ जनाको मृत्यु
- आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय
- अवैध आप्रवासी निष्कासन गर्ने अमेरिकाकाे सूचीमा १३ सय ६५ नेपाली
प्रतिकृया दिनुहोस