आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिज अन्तर्गत नेपालकाे दोस्रो खेलमा हार
- गाउँ सहर संवाददाता
- १८ मङ्सिर आइतबार, २०७९ | १९:२३:०० मा प्रकाशित
काठमाडौं । आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा हार व्यहोरेको छ।
नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा आइतबार भएको खेलमा स्कटल्याण्डले नेपाललाई ३ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको १ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले ३२ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
स्कटल्याण्डको जितमा क्रिटोफर म्याकब्रिडीले ४७ बलमा ४३ रन बनाए । ब्रेन्डन म्याकमुलनले अविजित ३ तथा मिचेल लिक्सले २२ रन बनाए । जर्ज मुन्सी १७ रनमा आउट भए ।
नेपालका लागि सागर ढकाल,ललित नारायण राजवंशी र गुल्सन झाले समान २/२ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा अलआउट हुँदै १ सय ३७ बनायो ।
नेपालका लागि गुलसन झाले सर्वाधिक २९ रनको ईनिङ खेल्दा ज्ञानेन्द्र मल्लले २५ रनको इनिङ खेले । अर्जुन साउद १८ तथा कप्तान रोहित पौडेल १७ रनमा आउट भए ।
यस्तै आरिफ शेखले १० रन जोड्दा नेपालका ६ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
स्कटल्याण्डका क्रिस सोलले ३ तथा मार्क वाटले २,मिचेल लेग्स,ब्राण्डन म्याकमुलेन,सफियान सरिफले समान १/१ विकेट लिए ।
यस सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ । नेपाल र स्कटल्याण्डले एकआपसमा दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । एक खेलमा नेपाल तथा एकमा स्कटल्याण्ड विजेता बनेको छ ।
७ टोली सहभागी विश्वकप लिग टू मा जितसँगै स्कटल्याण्ड ३० खेलमा ४४ अंकका साथ पहिलो स्थानमा उक्लिएको छ । नेपाल भने २२ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा बुधबार नामिबियाको सामना गर्नेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दसैँमा उपत्यकामा ९७ करोडको खसीबोका र च्याङ्ग्रा कारोबार
- बडादसैँको अन्तिम दिन: देवी महालक्ष्मीको पूजा आराधना गरिँदै
- आगामी पाँच दिन देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
प्रतिकृया दिनुहोस